१४ भाद्र २०८३, आइतबार

नेपाल–चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा

Logo
Pulse Khabar आइतबार, भाद्र १४, २०८३

काठमाडौँ:नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रका थप सात स्थानमा आज सेवा सुचारु गरेको छ । यससँगै बाढी प्रभावित क्षेत्रका अधिकांश मोबाइल बीटीएस साइटहरु पुनः सञ्चालनमा आएका छन् ।

आज सञ्चालनमा आएका साइटहरुमा रसुवा जिल्लाअन्तर्गत नेपाल–चीन सिमानामा रहेको रसुवा बोर्डर साइटलगायत अपर सेन्जेन, छापथोके, जिपजिपे र गत्लाङ साइटहरु रहेका नेपाल टेलिकमले जनाएको छ । त्यसैगरी नुवाकोटको चारघरे तथा चारघरे मुलाबारी बीटीएस साइट पनि पुनः सञ्चालनमा आएका छन् । रसुवा बोर्डर बीटीएस साइटमार्फत नेपाल–चीन नाका, टिमुरे, रसुवा बोर्डर करिडोर र स्याफ्रुबेसीदेखि भोटेकोशी करिडोरसम्म सेवा पुनः सञ्चालनमा आएका प्रवक्ता डा कमल लामिछानेले जानकारी दिनुभयो ।अपर सेन्जेन साइटबाट चिलिमे, लामागाउँ, आमाछोङदिमो–५ लगायतका स्थानमा मोबाइल सेवा उपलब्ध हुनेछ । त्यस्तै छापथोके साइटबाट मोबाइल सेवा प्राप्त हुने स्थानहरु बेत्रावती, काउली, त्रिशूली थ्रीबी, उत्तरगया गाउँपालिका र किस्पाङ रहेका उहाँले बताउनुभयो ।

जिपजिपे साइटबाट सेवा प्राप्त हुने स्थानहरु कालिका गाउँपालिकाका वडा नम्बर २ र ५, धारापानी र देउरालीडाँडा रहेका छन् । त्यसैगरी गत्लाङ बीटीएस साइटमार्फत गत्लाङ, गोल्जुङ, चिलिमे, ठुलो भार्खु, शेर्पा गाउँ, ठूलो स्याफ्रु, स्याफ्रुबेसी, खाङजुम र बरिम रहेका छन् ।चारघरे तथा चारघरे मुलाबारी बीटीएस साइटबाट बिदुर नगरपालिकाको वडा नम्बर १२ र १३ मा मोबाइल सेवा सुचारु भएको छ । विपद्को यस अवस्थामा नागरिकको सञ्चार आवश्यकतालाई सहज बनाउन नेपाल टेलिकमका प्राविधिकहरु निरन्तर खटिइरहनु भएको र कम्पनी सदाझै सेवा सुनिश्चितताको लागि प्रतिवद्ध रहेको नेपाल टेलिकमले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206