१४ भाद्र २०८३, आइतबार

पुरातात्विक महत्त्वका सम्पदाको संरक्षण गरिन्छ

Logo
Pulse Khabar आइतबार, भाद्र १४, २०८३

काठमाडौँ: बागमती प्रदेशका उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री राजेन्द्र प्रजापतिले प्रदेशका पुरातात्विक महत्त्वका मूर्त, अमूर्त सम्पदाको संरक्षण एवं संवर्द्धन गरिने बताउनुभएको छ ।

राष्ट्रिय समाचार समिति (रासस)सँगको कुराकानीमा उहाँले प्रदेशमा पुरातात्विक, धार्मिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण सम्पदा धेरै रहेको उल्लेख गर्नुहुँदै तिनको संरक्षण र संवर्द्धन गरी धार्मिक पर्यटन प्रवर्द्धन गरिने बताउनुभयो । प्रदेशका मूर्त, अमूर्त सम्पदा भावी पुस्तालाई पनि हस्तान्तरण गर्नेगरी उचितरूपमा तिनको संरक्षण पनि गरिने मन्त्री प्रजापतिले बताउनुभयो ।

बागमती प्रदेशमा ऐतिहासिक, धार्मिक, सांस्कृतिक महत्त्वका जात्रा, पर्व पनि धेरै रहेको उल्लेख गर्नुहुँदै उहाँले तिनलाई लोप हुन नदिने, लोप भएका यस्ता सम्पदाका बारेमा जोजी गरी पुनःस्थापना गर्नेगरी प्रदेश सरकारले नीति र कानुन बनाउने भनाइ राख्नुभयो । प्रदेशमा मूर्त, अमूर्त सम्पदाको संरक्षण र संवर्द्धनमा विभिन्न निकायबाट आएको स्रोत, साधन एवं बजेट पारदर्शी गर्ने प्रतिबद्धता पनि मन्त्री प्रजापतिको छ ।

प्रदेशका १० जिल्लामा रहेका ६४ सिद्ध लिङ्गको प्रचारप्रसार गरी यी स्थलमा धार्मिक पर्यटन प्रवर्द्धन गराउन पनि मन्त्रालयले काम गर्ने उहाँको योजना छ । आराध्यदेव भगवान् पशुपतिनाथलाई त्रिप्रदक्षिणको रुवरूपमा काठमाडौँ, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुली, मकवानपुर, धादिङ, नुवाकोट, ललितपुर, सिन्धुपाल्चोक र दोलखामा ६४ सिद्ध लिङ्ग रहेका छन् ।

प्रदेशका उद्योगलाई क्षमता अनुसार सञ्चालनमा ल्याएर रोजगारी र उत्पादन प्रवर्द्धन गर्ने, धार्मिक, सांस्कृतिक सम्पदाका माध्यमबाट पर्यटक बढाउने पनि उहाँको भनाइ छ । प्राकृतिक पर्यटकीय क्षेत्रको प्रचारप्रसार गरी प्रदेशमा धेरै पर्यटक भित्र्याउने कामलाई मन्त्रालयले प्राथमिकतामा राखेको छ ।

मन्त्रालयको नेतृत्वमा प्रदेशका श्रमिकलाई न्यूनतम पारिश्रमिक दिलाउन लागिपर्ने र यातायात क्षेत्रलाई व्यवस्थित बनाई यात्रुलाई सहज एवं सुलभ रूपमा गन्तव्यमा लैजाने गरी वातावरण बनाइने मन्त्री प्रजापतिको भनाइ छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206