१४ भाद्र २०८३, आइतबार

भोटेकोशी–त्रिशूली बाढी प्रभावितको कल्याणका लागि पशुपतिमा महारुद्री र गुह्येश्वरीमा चण्डीपाठ

Logo
Pulse Khabar आइतबार, भाद्र १४, २०८३

काठमाडौँ:भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी, पहिरो तथा अन्य विपद्बाट प्रभावितको कल्याणको कामनासहित पशुपतिनाथ मन्दिरमा महारुद्री, अभिषेक, हवन तथा पूजा र गुह्येश्वरी मन्दिरमा चण्डीपाठ गरिने भएको छ ।

पशुपति क्षेत्र विकास कोषले बाढी, पहिरो तथा विपद्बाट प्रभावितको जनजीवन शीघ्र सहज बनोस्, घाइतेको शीघ्र स्वास्थ्यलाभ होस् तथा बेपत्ता भएकाको सकुशल उद्धार होस् भन्ने कामनासहित यही भदौ १६ गते बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म महारुद्री, चण्डीपाठ तथा क्षमापूजा गर्न लागेको हो ।कोष सञ्चालक परिषद्का सदस्य केदारमान भण्डारीका अनुसार पशुपतिनाथमा १२१ जना ब्राह्मणद्वारा महारुद्री, अभिषेक, हवन तथा पूजा गरिनेछ । गुह्येश्वरी शक्तिपीठमा नौ जना ब्राह्मणद्वारा चण्डीपाठ तथा पूजा गरिनेछ ।

पशुपतिका नवशक्तिपीठ, आगमघर, ११ महारुद्र, १० दिक्पाल, क्षेत्रपाल तथा विभिन्न देवदेवीको तान्त्रिक तथा वैदिक विधिबाट विशेष क्षमापूजा र शान्तिपाठसमेत गरिने उहाँले राससलाई जानकारी दिनुभयो ।यसैबीच, कोषको कार्यवाहक सदस्य–सचिवको समेत जिम्मेवारी सम्हालिरहनुभएकी कोषाध्यक्ष मीनाकुमारी श्रेष्ठको अध्यक्षतामा बसेको कार्यकारी समितिको बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु सात लाख सहयोग गर्ने निर्णय गरेको सदस्य भण्डारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206