१४ भाद्र २०८३, आइतबार

फिदिम स्पोर्टिङ क्लब ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा

Logo
Pulse Khabar आइतबार, भाद्र १४, २०८३

ताप्लेजुङ:पाँचथरको फिदिम स्पोर्टिङ क्लब ताप्लेजुङमा जारी अन्तरराष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको दोस्रो क्वार्टरफाइनल खेलमा काठमाडौँको चित्लाङ फुटबल क्लबलाई टाइब्रेकरमा ४–३ गोलअन्तरले पराजित गर्दै फिदिम स्पोर्टिङ क्लब सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।टाइब्रेकरमा पाँचथरका निरोज लिङ्देन, सुसन जबेगु, हितेन लिम्बू र अनिस परियारले गोल गरे । चित्लाङका तर्फबाट मिक्सो लिम्बू, चेतन थारू र किरण सुनारले गोल गरेका थिए । खेलमा पाँचथरका गोलरक्षक मिराक खजुम म्यान अफ द म्याच घोषित भए ।यसअघि शुक्रबार भएको खेलमा आयोजक ताप्लेजुङ–११ लाई २–१ गोलअन्तरले पराजित गर्दै भारतको जर्जियन युनाइटेड फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।

लाखेजात्रा पर्वको अवसर पारेर लाखेजात्रा सञ्चालन समितिले आयोजना गरेको उक्त प्रतियोगिता यही भदौ १९ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ । आजको क्वाटरफाइनल खेलमा सातदोबाटो फुटबल क्लब र साबिक विजेता सलहेश युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।प्रतियोगिताको विजेताले रु सात लाख दुई हजार र उपविजेताले रु तीन लाख ५२ हजार नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्ने आयोजक समितिका कोषाध्यक्ष दावा शेर्पाले जानकारी दिए । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई विभिन्न विधागत पुरस्कारसमेत प्रदान गरिनेछ । विसं २०२२ देखि विभिन्न नाममा आयोजना हुँदै आएको यो प्रतियोगिता केही वर्षयता ताप्लेजुङ गोल्डकपका नाममा सञ्चालन हुँदै आएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206