१० भाद्र २०८३, बुधबार

पालुङटारबाट गोसाइँकुण्ड गएका ३१ जना यात्रु सम्पर्कविहीन

Logo
Pulse Khabar बुधबार, भाद्र १०, २०८३

गोरखा:गोरखाको पालुङटार नगरपालिकाबाट रसुवाको गोसाइँकुण्ड तीर्थयात्रामा गएका ३१ जना सम्पर्कविहीन भएका छन् ।

पालुङटार नगरपालिका–५ ठाँटीपोखरीबाट ग२ख ११५२ नम्बरको बसमा गोसाइँकुण्ड यात्रामा गएका ३१ यात्रु आज बिहानदेखि सम्पर्कविहीन भएका पालिकाकी उपप्रमुख बन्दना पाण्डेले बताउनुभयो ।आज बिहान भोटेकोशीको बाढीको घटनालगत्तैदेखि उनीहरूको अवस्था अज्ञात रहेको पाण्डेले जानकारी दिनुभयो । “यहाँबाट दुईवटा माइक्रो र एउटा बसमा यात्रुहरू गोसाइँकुण्डतर्फ गएका थिए”, उहाँले भन्नुभयो, “हाल दुईवटा माइक्रो बसका यात्रुहरू सुरक्षित अवस्थामा रहेको जानकारी प्राप्त भएको छ । बसमा सवार ३७ यात्रुमध्ये छ जनाले आफूहरू हामफालेर सुरक्षित रहेको जानकारी गराएका छन् । अन्यको अवस्था अज्ञात छ ।”

पालुङटारबाट तीर्थ गर्न गोसाइँकुण्ड गएका ३१ जना यात्रु सम्पर्कमा नरहेकोबारे आफूले पनि जानकारी पाएको प्रमुख जिल्ला अधिकारी तुलसी श्रेष्ठले बताउनुभयो । “३७ जना सवार रहेको बसबाट छ जना हामफालेर बचेको बाँकीको अवस्था अज्ञात छ”, प्रजिअ श्रेष्ठले भन्नुभयो, “हामीले यहीअनुसार गृहमन्त्रालय र नुवाकोटसँग समन्वय गरेर सोधखोज गरिरहेका छौँ ।”आज बिहान ९ः०० बजे तिब्बती क्षेत्रबाट भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन आसपासको क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206