पत्रकारको हित तथा सुरक्षालाई प्राथमिकतामा राख्दै कोशी प्रदेश सरकारले पत्रकारका लागि दुर्घटना बीमा कार्यक्रम अघि बढाएको छ।
विराटनगरमा मंगलबार आयोजित पत्रकार दुर्घटना बीमा कार्यक्रमको शुभारम्भ गर्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पत्रकारको बीमाका लागि प्रदेश सरकारले आम सञ्चार प्रतिष्ठानको स्थापना गरेको जानकारी दिए।मुख्यमन्त्री कार्कीले पत्रकारको सहजताका लागि प्रतिष्ठान गठन गरिएको बताउँदै त्यसका लागि प्रदेश सरकारले करिब ३ करोड रुपैयाँ बजेट छुट्याएको जानकारी दिए। उनका अनुसार पत्रकारको काम जोखिमपूर्ण भएकाले उनीहरूको सुरक्षालाई ध्यानमा राखेर बीमा कार्यक्रम सञ्चालन गरिएको हो।यसअघि आम सञ्चार प्रतिष्ठानका रजिष्ट्रार तिलराज भण्डारीले प्रतिष्ठानमा ३ देखि ४ करोड रुपैयाँसम्म बजेट भएमा प्रभावकारी रूपमा काम गर्न सकिने बताएका थिए।
कार्यक्रममा मुख्यमन्त्री कार्कीले पत्रकारको दुर्घटना बीमामा मात्र नभई स्वास्थ्य तथा अन्य विषयमा समेत प्रदेश सरकारको सहयोग र समर्थन रहने प्रतिबद्धता व्यक्त गरे।नेपाल पत्रकार महासंघ कोशी प्रदेशका महासचिव हिमा चेम्जोङका अनुसार चालु आर्थिक वर्षका लागि पत्रकारको दुर्घटना बीमाबापत रकम उपलब्ध गराउने विषयमा आवश्यक प्रक्रिया अघि बढाइएको छ।उनका अनुसार चालु आर्थिक वर्षका लागि ९५ जिल्लाबाट २ हजार २ सय २७ जना पत्रकारका लागि प्रतिव्यक्ति ४८ हजार ५० हजार रुपैयाँका दरले आवश्यक रकम सञ्चार मन्त्रालयबाट उपलब्ध गराइएको छ। राष्ट्रिय बीमा कम्पनी लिमिटेडमार्फत पत्रकारहरूको दुर्घटना बीमा गरिने बताइएको छ।


