०८ भाद्र २०८३, सोमबार

अस्पतालको एनआईसीयूमा आगलागी, तीन नवजात शिशुको दुःखद मृत्यु

Logo
Pulse Khabar सोमबार, भाद्र ०८, २०८३

एजेन्सी:भारतको महाराष्ट्रस्थित अमरावती जिल्ला महिला अस्पतालको एनआईसीयूमा सोमबार बिहान आगलागी हुँदा तीन जना नवजात शिशुको मृत्यु भएको छ।

अस्पतालको तेस्रो तलामा रहेको एनआईसीयूमा बिहान करिब ३ः३० बजे आगलागी भएको हो। आगलागीपछि एनआईसीयूभित्र तीव्र रूपमा धुवाँ फैलिएको थियो। घटनाका बेला एनआईसीयूमा ३९ जना नवजात शिशु भर्ना रहेका थिए।आगलागी हुनासाथ चिकित्सक, नर्स तथा अस्पतालका कर्मचारीले उद्धार कार्य सुरु गरेका थिए। उनीहरूले अधिकांश शिशुलाई सुरक्षित रूपमा बाहिर निकाल्न सफल भएका थिए। अमरावतीका प्रहरी आयुक्त राकेश ओलाका अनुसार एनआईसीयूका तीनवटा कम्पार्टमेन्टमध्ये एउटामा नौ जना नवजात शिशु भर्ना थिए। आगलागीबाट तीमध्ये तीन जनाको मृत्यु भएको छ भने बाँकी छ जनालाई उपचारका लागि अन्यत्र सारिएको छ।

अन्यत्र सारिएका छ जना शिशुको स्वास्थ्य अवस्थाबारे तत्काल विस्तृत जानकारी प्राप्त हुन सकेको छैन। प्रारम्भिक अनुसन्धानका क्रममा एनआईसीयूमा राखिएको भेन्टिलेटरभित्र विस्फोट भएपछि आगलागी भएको हुन सक्ने आशङ्का प्रहरीले गरेको छ। घटनाको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206