०८ भाद्र २०८३, सोमबार

पर्यटन प्रवर्द्धन गर्न सातबुँदे घोषणापत्र जारी

Logo
Pulse Khabar सोमबार, भाद्र ०८, २०८३

बाँके:पर्यटन व्यवसायीले नेपालगन्ज–पोखरा, नेपालगन्ज–जनकपुरलगायत सम्भावित नयाँ हवाई गन्तव्यलाई जोडेर नियमित तथा प्रभावकारी उडान गर्न आग्रह गरेका छन् ।

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरले आफ्नो सातौँ स्थापना दिवसका अवसरमा सातबुँदे घोषणापत्र जारी गर्दै यसबाट यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास गरिएको छ ।नेपालगन्ज विमानस्थललाई पश्चिम नेपालको प्रमुख पर्यटन प्रवेशद्वारका रूपमा विकास गर्न सम्बन्धित सरकारी निकाय, विमान सेवा प्रदायक तथा निजी क्षेत्रसँग निरन्तर समन्वय गरिने उल्लेख गर्दै बाँके तथा आसपासका धार्मिक गन्तव्यलाई एकापसमा जोडेर धार्मिक पर्यटन सर्किट विकास गरिने घोषणपत्रमा जनाइएको छ ।बागेश्वरी–बाबा बर्फानी–सन्तानेश्वर–गोवद्र्धन धाम–भुवर भवानीलगायतका गन्तव्यलाई एउटै पर्यटन प्याकेजमा आबद्ध गर्दै कैलाश मानसरोवर, लुम्बिनी, रारा तथा अन्य प्रमुख धार्मिक तथा आध्यात्मिक गन्तव्यसँग नेपालगन्जलाई जोड्ने अभियान सञ्चालनका लागि पहल गरिने उल्लेख छ ।भारतीय पर्यटकलाई लक्षित गर्दै रुपैडिहा नाकासम्म सहज आवागमन, पर्यटकमैत्री सीमा व्यवस्थापन, ग्रिन लाइन तथा स्मार्ट बोर्डर अवधारणाका लागि सम्बन्धित निकायसँग सहकार्यमा जोड दिँदै च्याप्टरले धार्मिक, प्राकृतिक, सांस्कृतिक तथा साहसिक पर्यटनको अपार सम्भावना बोकेको बाँके–बर्दियालाई लुम्बिनी प्रदेश तथा कर्णाली र सुदूरपश्चिमका प्रमुख गन्तव्यसँग जोड्दै पर्यटनलाई स्थानीय अर्थतन्त्र, रोजगारी र समृद्धिको आधार बनाउने उद्देश्य राखिएको छ ।नाट्टा बाँके च्याप्टरका अध्यक्ष डिल्लीराज रेग्मीले भन्नुभयो, “हामीले पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनका लागि नयाँ अवधारणा अघि सारेका छौँ, यसले यहाँको बजारलाई गति दिने छ ।”

उहाँले भारतीय पर्यटकलाई आकर्षण गर्न, नयाँ पर्यटन प्याकेज निर्माण, ‘डिजिटल’ प्रचार–प्रसार, पर्यटन व्यवसायीको क्षमता अभिवृद्धि तथा सरकारी, निजी र समुदायबीच सहकार्यलाई प्राथमिकतामा राख्दै च्याप्टरले सातबुँदे प्रतिबद्धता घोषणा जारी गरेको उल्लेख गर्नुभयो ।पर्यटकीय गन्तव्यलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारमा पु¥याउन डिजिटल माध्यमको प्रभावकारी उपयोग गरिने भन्दै नाट्टाले सामाजिक सञ्जाल, डिजिटल सामग्री, दृश्य सामग्री तथा आधुनिक प्रचार प्रणालीमार्फत पर्यटन गन्तव्यको ‘ब्रान्डिङ’ र बजार विस्तार गरिने जनाएको छ ।विशेषगरी नेपाल–भारत सीमाबाट भित्रिने भारतीय तथा अन्य पर्यटकलाई लक्षित गरी सीमा क्षेत्र पर्यटन प्रवद्र्धन अभियान सञ्चालन गरिने जानकारी दिँदै सहज सूचना, पहुँच, सेवा र पर्यटनमैत्री वातावरण निर्माणका लागि सम्बन्धित निकायसँग सहकार्य गरिने अध्यक्ष रेग्मीले बताउनुभयो ।पर्यटन गन्तव्यको विकासदेखि प्रचार–प्रसार, पूर्वाधार, सेवा, बजार विस्तार र व्यावसायिक अवसर सिर्जनासम्म स्थानीय समुदाय तथा सरोकारवालाको सहभागितालाई सुनिश्चित गर्दै ‘साझेदारीमा पर्यटन, पर्यटनबाट समृद्धि’को अभियान अघि बढाइने पनि घोषणापत्रमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206