०८ भाद्र २०८३, सोमबार

विश्वविद्यालयका पदाधिकारीद्वारा आङ्गिक क्याम्पस निरीक्षण

Logo
Pulse Khabar सोमबार, भाद्र ०८, २०८३

चितवन:यहाँस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको उपकुलपति,‘रजिष्ट्रार’ र ‘डिन सहितको पदाधिकारीको टोलीले विभिन्न चारवटा आङ्गिक क्याम्पसको स्थलगत निरीक्षण एवं समस्याका बारेमा छलफल गरेको छ ।

विश्वबिद्यालयका उपकुलपति प्राडा ऋषिराम कट्टेलका अनुसार कलेज अफ नेचुरल रिसोर्स म्यानेजमेन्ट सिन्धुली, कटारी, पाख्रिबास र बर्दिबास क्याम्पसमा विश्वविद्यालयको टोली आकस्मिक निरीक्षण गरेको हो । ती चारवटामध्ये कटारीमा वन स्नातक अध्ययन अध्यापन हुन्छ भने तीन वटामा कृषि स्नातक तहको अध्ययन अध्यापन हुन्छ ।विद्यार्थी, प्रध्यापक, कर्मचारी र क्याम्पस प्रमुखसँग छुट्टाछुट्टै छलफल गरिएको उपकुलपति प्राडा कट्टेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ ती क्याम्पसको भौतिक पूर्वाधार, गुणस्तरीय शिक्षा, विद्यार्थीको भर्ना, सुशासन, पारदर्शिता, जवाफदेहिता लगायतका विषयमा छलफल गरी सुझाव लिने र कतिपय समस्या तत्कालै समाधान हुने गरी आवश्यक निर्देशन भयो । ”

उपकुलपति प्राडा कट्टेलसँगै रजिष्ट्रार प्राडा सुबिर सिंह, कृषि सङ्कायका डिन प्राडा सुन्दर तिवारी र वन सङ्कायका डिन प्राडा गान्दिप काफ्लेको टोलीले क्याम्पसहरुको अनुगमन गरेको हो । सो क्रममा नयाँ विद्यार्थी भर्नाका लागि आवश्यक प्रचारका लागि समेत आग्रह गरिएको छ । यस विश्वविद्यालयमा कृषि, वन, पशु चिकित्सा विज्ञान तथा पशुपालन र मत्स्य विज्ञानको स्नातक र सोभन्दा माथि अध्ययन अध्यापन हुन्छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206