०६ भाद्र २०८३, शनिबार

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

Logo
Pulse Khabar शनिबार, भाद्र ०६, २०८३

गोरखा: गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला परेको छ ।

इलाका प्रहरी कार्यालय आरुघाटबाट गएको गस्ती टोलीले आज अपराह्न करिब ५ बजेतिर आरुघाट गाउँपालिका–६ चिहानडाँडाको जङ्गलमा लुकाइ राखिएको अवस्थामा बन्दुक फेला पारेको हो । प्रहरी निरीक्षक अनील श्रेष्ठ नेतृत्वको गस्ती टोलीले सो जङ्गलभित्र सल्लाको हाँगाले छोपिराखेको अवस्थामा बन्दुक फेला पारेका प्रहरीको भनाइ छ ।

भेटिएका पाँच वटामध्ये एक थान थोत्रो भएर भाँचिएको अवस्थामा रहेको र अरु चार वटा पनि लामो समयदेखि जङ्गलमै लुकाइछिपाइ राखिएको अवस्थामा रहेकाले खिया लागेको प्रहरीको भनाइ छ ।यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206