०४ भाद्र २०८३, बिहिबार

चौथो ताप्लेजुङ गोल्डकपः पर्यटकीय क्षेत्रबाट खेल तालिका सार्वजनिक

Logo
Pulse Khabar बिहिबार, भाद्र ०४, २०८३

ताप्लेजुङ:यहाँ सञ्चालन हुने अन्तरराष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपको खेल तालिका सार्वजनिक गरिएको छ ।

खेलसँगै पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले प्रतियोगिताको तालिका फक्ताङलुङ गाउँपालिकास्थित सिङ्जेमा ताल, साम्दो पोखरी, दिकीछ्योखोर्लिङ गुम्बा तथा मिक्वाखोलाको पापुङस्थित लोदेन क्षेत्रमा पुगेर सार्वजनिक गरिएको हो ।आयोजक लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनका अनुसार सार्वजनिक खेल तालिकाअनुसार भदौ १२ गते ताप्लेजुङ-११ र भारतको जर्जियन युनाइटेड फुटबल क्लबबीच उद्घाटन खेल हुनेछ । त्यस्तै भदौ १३ गते चित्लाङ फुटबल क्लब (मकवानपुर) र फिदिम स्पोर्टिङ क्लब (पाँचथर) बीच खेल हुनेछ ।भदौ १४ गते सातदोबाटो फुटबल क्लब (ललितपुर) र सलहेश युवा क्लब (सिरहा), भदौ १५ गते झापा-११ र नेपाल पुलिस क्लबबीच खेल हुनेछ । सलहेश युवा क्लब गत वर्षको विजेता टोली हो । प्रतियोगिताका सेमिफाइनल खेल भदौ १६ र १७ गते तथा फाइनल खेल भदौ १९(उन्नाइस)  गते सञ्चालन हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले रु सात लाख ५२ हजार ८३ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले रु तीन लाख ५२ हजार ८३ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।लाखेजात्रा पर्वको अवसरमा विसं २०२९( दुई हजार उन्तीस) देखि कञ्चनजङ्घा, पाथीभरालगायत विभिन्न नाममा यो प्रतियोगिता सञ्चालन हुँदै आएको छ । ताप्लेजुङ गोल्डकप पूर्वी पहाडी क्षेत्रको बहुप्रतिक्षित फुटबल प्रतियोगिताका रूपमा स्थापित छ । प्रतियोगिता हेर्न झापा, इलाम, पाँचथर, तेह्रथुमलगायत जिल्लाबाट दर्शक आउने समितिका अध्यक्ष मादेनले बताउनुभयो । यस वर्ष प्रतियोगिता अवलोकन गर्ने दर्शकका लागि टिकट दरसमेत निर्धारण गरिएको अध्यक्ष मादेनले बताउनुभयो । उहाँका अनुसार क्वार्टरफाइनलका लागि रु २००, सेमिफाइनलका लागि रु ३०० र फाइनलका लागि रु ५०० टिकट दर निर्धारण गरिएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206