१८ बैशाख २०८२, शुक्रबार

क्यानडालाई क्लिन स्वीप गर्दा यस्तो बन्यो कीर्तिमान

Logo
Pulse Khabar सोमबार, माघ २९, २०८०

काठमाडौं । नेपालले तेस्रो ओडीआई खेलमा क्यानडालाई ९ विकेटले हराउँदै सिरिजमा क्लिनस्वीप गरेको छ । पहिलो खेलमा नेपाल ७ रन र दोस्रो खेलमा ४ विकेटले विजयी भएको नेपाल अन्तिम खेलमा भने ९ विकेटले हराउन सफल भएको छ । तेस्रो खेलमा सोमबार नेपालले जितको लागि पछ्याएको २ सय ३३ रनको लक्ष्य ४४.३ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्‍यो । नेपालको जितमा अनिलकुमार साह १२४ बलमा १२ चौका र २ छक्कासहित ११२ रनमा नट आउट रहे । अर्का खेलाडी भीम सार्की पनि १२९ बलमा ११ चौका र १ छक्कासहित १०१ रनमा नट आउट रहे । दुबैले पहिलो पटक शतक पुरा गर्दा नेपाली खेलाडीको दोहोरो शतकको कीर्तिमान बनेको छ । आजको खेलमा दुई जना खेलाडीले बनाएको शतक नै नेपालबाट सिनियर क्रिकेटमा कुनै पनि खेलमा पहिलो पटक एकै इनिङमा दुई शतक बने कीर्तिमान बन्न सफल भयो । सन् १९९६ देखि अन्तर्राष्ट्रिय क्रिकेट खेलेको नेपालबाट कुनैपनि खेलमा एकै इनिङमा दुई शतक बनेको थिएन । यू १९ क्रिकेटमा भने आईसीसी यू १९ विश्वकप २०२३ मा युएईको आजमानमा कुवेतविरुद्ध देव खनाल १२५ र अर्जुन कुमालले १०८ रन बनाएका थिए । नेपाललाई सहज जित दिलाउन अनिल र भीमले १८९ रनको अविजित साझेदारी गरे । ओडीआईमा नेपालबाट कुनै पनि विकेटका लागि भएको उच्च साझेदारी हो । नेपालले तीन खेलको ओडीआई सिरिजमा पहिलो पटक क्लिनस्वीप गर्दै आजै अर्काे कीर्तिमान थपेको छ । यसअघि नेपालले तीन खेलको सिरिज दुबईमा २०१९ र २०२२ मा टियुमा युएईविरुद्ध समान २ १ले जितेको थियो । दुई खेलको सिरिज भने नेपालले २०२१ मा पपुवा न्युगिनीविरुद्ध ओमानमा क्लिनस्विप गरेको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

आउदै छ

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

 

सम्पर्क

विराटनगर ५ कोशी प्रदेश

9842023757

Email: [email protected]

बिज्ञापनको लागी:

9862006206