०१ भाद्र २०८३, सोमबार

प्रदेश मन्त्रीहरुलाई पद तथा गोपनीयताको सपथ

Logo
Pulse Khabar सोमबार, भाद्र ०१, २०८३

विराटनगर: कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले आज एक समारोहबीच कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको छ ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नेतृत्वमा २०८१ वैशाख २७ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा १६८ को उपधारा (९(नौ) बमोजिम नियुक्त, हेरफेर र कार्यविभाजन हुने गरी आवश्यक व्यवस्थाका लागि भएको सिफारिसअनुसार मन्त्री र राज्य मन्त्री नियुक्त गरिएको हो ।प्रदेश प्रमुख खापुङ समक्ष खिनु लङवा लिम्बूले पर्यटन, वन तथा वातावरण, जीवन आचार्यले भौतिक पूर्वाधार, गोम्बू शेर्पाले आन्तरिक मामिला तथा कानुन, गीता तिम्सिनाले सामाजिक तथा सपना दर्जीले भौतिक पूर्वाधार विकासमन्त्रीको सपथ लिनुभएको हो । यस्तै सपना दर्जी परियारले मुख्यमन्त्री कार्कीबाट भौतिक पूर्वाधार विकास राज्यमन्त्रीको सपथ लिनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206