०४ साउन २०८३, सोमबार

पाकिस्तानसँग खेल्न नेपाली भलिबल टोली इस्लामावाद जाँदै

Logo
Pulse Khabar आइतबार, साउन ०३, २०८३

काठमाडौं: काभा पुरुष भलिबल च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली सोमबार पाकिस्तानको इस्लामाबाद प्रस्थान गर्ने भएको छ ।

जुलाइ २२ देखि २९(उनन्तिस) तारिखसम्म हुने प्रतियोगितामा हरिहजुर थापा (कप्तान), सुनिल बोहरा, पहल गहतराज, सन्तोष बिक, सरोज बर्देवा, राजेन्द्र धामी, सुरज चुनारा, नृपध्वज बस्नेत, रविन नगरकोटी, हिमाल सुनारी, दीपेश कुँवर र विनोदबहादुर चन्दले प्रतिस्पर्धा गर्ने छन् ।मुख्य प्रशिक्षकमा जगदिश भट्ट, सहायक प्रशिक्षकमा रूपेशकुमार विष्ट र व्यवस्थापकमा सोमबहादुर श्रेष्ठ रहेका छन् ।

टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष विशाल श्रेष्ठलगायतले आइतबार नक्सालमा एक कार्यक्रमबीच बिदाइ गरे । सो अवसरमा नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले स्वर्ण जिते खेलाडीलाई जनही ३ लाख नगदसहित सम्मान गर्ने घोषणा गरे ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206