२८ आषाढ २०८३, आइतबार

उत्कृष्ट प्रदर्शनसँगै भारतलाई उछिन्दै इङ्ग्ल्यान्ड टी–२० को शीर्ष स्थानमा

Logo
Pulse Khabar आइतबार, आषाढ २८, २०८३

काठमाण्डाै : भारतलाई पछि पार्दै इङ्ग्ल्यान्ड आईसीसी टी–२० वरीयताको शीर्ष स्थानमा उक्लिएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो वरीयतामा इङ्ग्ल्यान्ड दोस्रो स्थानबाट शीर्षमा उक्लिएको हो ।घरेलु मैदानमा भएको ५ खेलको टी–२० शृङ्खला ४–० ले जितेपछि इङ्ग्ल्यान्डले यो उपलब्धि हासिल गरेको हो । यसअघि भारतले आयरल्यान्डसँगको टी–२० शृङ्खला २–० ले हारेको थियो ।भारत १ हजार ६०५ दिनपछि टी–२० वरीयतामा शीर्षबाट दोस्रो स्थानमा झरेको हो । भारत सन् २०२२ काे फेब्रुअरीदेखि शीर्ष स्थानमा रहँदै आएकाे थियाे ।
इङ्ग्ल्यान्डसँगको शृङ्खलामा भारतीय टोलीका धेरै युवा खेलाडीहरूले अवसर पाए ।

कप्तान श्रेयस अय्यरको नेतृत्वमा रहेको टोलीले अपेक्षाअनुरूप प्रदर्शन गर्न भने सकेन । अब भारत र इङ्ग्ल्यान्डबीच पर्सि मङ्गलवारदेखि ३ खेलको एकदिवसीय शृङ्खला शुरू हुनेछ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206