२० मंसिर २०८२, शनिबार

क्यानडासँगको एकदिवसीय श्रृंखला नेपाललाई

Logo
Pulse Khabar शनिबार, माघ २७, २०८०

काठमाडौं । नेपालले क्यानडासँगको एकदिवसीय खेलमा लगातार दुई जित निकाल्दै परिणामम आफ्नो पक्षमा पारेको छ । आज भएको दोश्रो खेलमा क्यानडालाई चार विकेटले पराजित गरेको हो । घरेलु मैदान कीर्तिपुरमा नेपालले दोश्रो खेलमा क्यानडालाई हराउँदै तीन खेलको श्रृंखलामा २–० को अग्रता बनाएको हो । नेपालको जितमा कप्तान रोहितकुमार पौडेल र देव खनालले एक सय ५० रनको साझेदारी गरे । टस जितेर पहिलो ब्याटिङ गरेको क्यानडाले दुई सय ८६ रनको चुनौतिपूर्ण लक्ष्य दिएको थियो ।

नेपालले ४५.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा ग¥यो । तीन ब्याटर ओपनर अनिल साह, कप्तान रोहित र देवले अर्धशतक बनाउँदा नेपालले सहज जित निकाल्यो । अनिलले ५० रन, रोहितले ८७ रन र देवले ७६ रनको योगदान दिए । आजको खेलमा अनिल साहले उत्कृष्ट प्रदर्शन गरे ।

नेपालको बलिङमा रोहित र कुशलले समान दुई विकेट लिँदा सोमपाल, सूर्य तामाङ, आकाश चन्द र पवनको नाममा समान एक विकेट रह्यो । नेपालले अब तेस्रो तथा अन्तिम खेल आगामी सोमबार खेल्नेछ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206