२८ आषाढ २०८३, आइतबार

तीन विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग

Logo
Pulse Khabar आइतबार, आषाढ २८, २०८३

काठमाडौँ: स्वस्तिश्री गुरुकुल आइबी कन्टिन्युम स्कुल र प्राइम कमर्सियल बैंक लिमिटेडको संयुक्त साझेदारीमा दुर्गमका तीन सामुदायिक विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग गरिएको छ ।

नागार्जुन नगरपालिका–२, काठमाडौँस्थित स्वस्तिश्री गुरुकुल आइबी कन्टिन्युम स्कुलमा आज आयोजित कार्यक्रममा बाजुराको लक्ष्मी माध्यमिक विद्यालय, महालक्ष्मी नगरपालिका–१० लाकुरीभञ्ज्याङस्थित कालीदेवी माध्यमिक विद्यालय तथा वासुकी माध्यमिक विद्यालयलाई विभिन्न शैक्षिक सामग्री उपलब्ध गराइएको हो ।लक्ष्मी माध्यमिक विद्यालय बाजुरालाई २२७ थान न्यानो कपडा, एक थान ‘साउन्ड सिस्टम’, पाँच थान ड्रम तथा खेलकुद सामग्री हस्तान्तरण गरिएको छ । साथै ललितपुर महालक्ष्मी नगरपालिकाका कालीदेवी र वासुकी माध्यमिक विद्यालयसँग शैक्षिक सहकार्य गर्ने घोषणा गर्दै विद्यार्थीको अतिरिक्त तथा सहपाठ्य क्रियाकलाप, शैक्षिक गुणस्तर अभिवृद्धि तथा खेलकुद विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ भने रु पाँच लाखको चेक हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री जनकराज गिरी, स्वस्तिश्री गुरुकुल आइबी कन्टिन्युम स्कुलका संस्थापक अध्यक्ष तथा प्रदेशसभा सदस्य रामकृष्ण चित्रकार, विद्यालय निर्देशक मिना महर्जन, प्रधानाध्यापक नेहा केसी, प्राइम कमर्सियल बैंकका प्रतिनिधि, सम्बन्धित विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, समाजसेवी तथा बाजुरा र लाँकुरीभञ्ज्याङबाट आएका प्रतिनिधिहरूको सहभागिता थियो ।कार्यक्रममा गुणस्तरीय, समावेशी तथा रूपान्तरणकारी शिक्षामार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउने, विद्यालयबीच सहकार्य, ज्ञान आदानप्रदान र साझेदारीको संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्य रहेको आयोजकले जनाएको छ ।कार्यक्रमको अन्त्यमा सहभागी अतिथि तथा सहयोगी संस्थाप्रति आभार व्यक्त गर्दै सहयोग सामग्री हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206