२१ आषाढ २०८३, आइतबार

विश्वकप लिग–२ः नेदरल्यान्ड्स जाने नेपाली क्रिकेट टोलीको भव्य बिदाइ

Logo
Pulse Khabar आइतबार, आषाढ २१, २०८३

काठमाडौं :आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा हुने त्रिकोणात्मक शृङ्खला खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई आइतबार एक कार्यक्रमका बीच बिदाइ गरिएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको बिदाइ कार्यक्रममा खेलाडीहरूलाई सफलताको शुभकामना दिँदै बिदाइ गरिएको हो ।नेपाल, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित यो शृङ्खला आगामी जुलाई २१ देखि सुरु हुँदैछ । नेदरल्यान्ड्स जानुअघि नेपाली टोली अभ्याका लागि ‘जर्सी’ प्रस्थान गर्ने छ।बिदाइ कार्यक्रममा बोल्दै क्यानका सचिव पारस खड्काले नेपाली टोलीले पछिल्लो समय उच्च प्रदर्शन गरिरहेको भन्दै युरोप टुरमा पनि त्यसलाई कायम राख्ने विश्वास व्यक्त गरे। ‘हामीले गत वर्ष स्कटल्यान्डमा जस्तै उत्कृष्ट प्रदर्शन दोहोर्‍याउने अपेक्षा राखेका छौँ,’ खड्काले भने, ‘हाम्रो आगामी महिनाहरू निकै व्यस्त छन् । लिग–२ सँगै हामीले नेपाल प्रिमियर लिग (एनपीएल) को पनि तयारी गर्नु छ।’टोलीका कप्तान रोहित पौडेलले पछिल्लो समय टोलीको फिटनेस र तयारीमा विशेष ध्यान दिइएको बताए । उनले भने, ‘हामीले पछिल्लो एक साता फिटनेसमा निकै मेहनत गरेका छौँ । विश्वकप छनोटको यात्रामा बाँकी रहेका शृङ्खलाहरू हाम्रा लागि निकै महत्त्वपूर्ण छन् । कन्डिसनअनुसार आफूलाई ढाल्दै राम्रो नतिजा निकाल्नेमा हामी विश्वस्त छौँ ।’

त्यस्तै, क्यानका अध्यक्ष चतुरबहादुर चन्दले खेलाडीहरूलाई दबाबरहित भएर खेल्न आग्रह गर्दै घरेलु मैदानमा हात पारेको सफलताले टोलीको मनोबल उच्च रहेको उल्लेख गरे ।लिग–२ को मुख्य शृङ्खलाअघि कन्डिसन मिलाउन नेपाली टोलीले जर्सीमा विशेष तयारी क्याम्प र दुई वटा अभ्यास एक दिवसीय खेल खेल्ने छ । क्यानका अनुसार पहिलो अभ्यास खेल जुलाई १३ र दोस्रो खेल जुलाई १५ मा हुनेछ । हालै सम्पन्न ८ वटा घरेलु खेलमध्ये ६ खेल जितेर नेपालले अंक तालिकामा आफ्नो स्थान सुधार गरिसकेको छ ।यस भ्रमणका लागि टोली व्यवस्थापक (म्यानेजर) को रूपमा क्यान सदस्य श्रीधर केसी चयन भएका छन् । मुख्य प्रशिक्षक स्टुअर्ट ल भने पासपोर्ट नवीकरणको समस्याका कारण केही दिनपछि मात्र टोलीसँग जोडिने छन्।नेपाली टोलीले जर्सीको अभ्यास खेलपछि सिधै नेदरल्यान्ड्सतर्फको यात्रा तय गर्ने तालिका रहेको छ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206