१६ आषाढ २०८३, मंगलबार

प्रहरीको एक्सन: ९(नौ ) लाखको अवैध सामान भन्सार बुझाइयो, २ लाख ७७ हजारको सामान नष्ट

Logo
Pulse Khabar मंगलबार, आषाढ १६, २०८३

विराटनगर :सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण मुख्यालय कंकालिनी मोरङ तथा मातहतका गुल्म र बोर्डर आउट पोस्ट (बीओपी)हरूले सीमावर्ती क्षेत्रबाट अवैध रूपमा भारतबाट नेपाल भित्र्याइँदै गरेका विभिन्न प्रकारका सामान बरामद गरेका छन् ।

विभिन्न समयमा बरामद गरिएका इलेक्ट्रिकल सामग्री, औषधि, किराना सामान तथा लत्ताकपडालगायतका वस्तु विराटनगर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी गेहेन्द्रबहादुर भण्डारीले बताए । उनका अनुसार भन्सार कार्यालयले सामानको मूल्य ९(नौ ) लाख १ हजार १ सय ४५ रुपैयाँ कायम गरेको छ ।यसैबीच, बरामदका क्रममा वर्षाका कारण पानीले भिजेर प्रयोगयोग्य नरहेका करिब २ लाख ७७ हजार रुपैयाँ बराबरका ४५० किलोग्राम छोकडा, टोस्ट बिस्कुट तथा हरियो तरकारी नष्ट गरिएको छ । स्थानीय जनप्रतिनिधि तथा भद्रभलाद्मीहरूको रोहबरमा गण परिसरमा खाल्डो खनेर सामग्री नष्ट गरिएको भण्डारीको भनाइ छ ।

सीमावर्ती क्षेत्रमा हुने अवैध चोरीपैठारी तथा राजस्व चुहावट नियन्त्रणका लागि सशस्त्र प्रहरीले नियमित रूपमा निगरानी बढाएको उनले बताए । विशेष अभियान सञ्चालन गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको जानकारी भण्डारीले दिए ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206