१६ आषाढ २०८३, मंगलबार

देशभर मनसुन सक्रिय: अधिकांश स्थानमा वर्षा र चट्याङको सम्भावना, सतर्कता अपनाउन आग्रह

Logo
Pulse Khabar मंगलबार, आषाढ १६, २०८३

काठमाडौं :यस वर्षको मनसुन प्रणाली आज (मंगलबार)देखि नेपालभर फैलिएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार देशको बाँकी भू–भागमा समेत मनसुन विस्तार भएसँगै देशभर मनसुनी प्रभाव कायम भएको छ ।विभागका अनुसार यस वर्ष मनसुन औसत समयभन्दा ६ दिन ढिलो नेपाल भित्रिएको थियो । मनसुन देशभर फैलिन भने १२ दिन लागेको छ। सामान्यतया नेपालमा मनसुन पूर्वी क्षेत्रबाट प्रवेश गरेपछि करिब एक साताभित्र देशभर फैलिने गर्छ । तर, यस वर्ष विस्तारको प्रक्रिया अपेक्षाकृत ढिलो भएको विभागले जनाएको छ ।यस वर्षको मनसुन जुन १९(उन्नाइस ) मा नेपालको पूर्वी भू–भाग हुँदै प्रवेश गरेको थियो । प्रारम्भिक चरणमा कोशी प्रदेशका केही जिल्लामा मात्रै मनसुन सक्रिय भएको थियो । त्यसपछि जुन २२ सम्म आइपुग्दा कोशी प्रदेशको सम्पूर्ण भू–भाग, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही क्षेत्र तथा लुम्बिनी प्रदेशको पूर्वी भागका थोरै स्थानमा मनसुन विस्तार भएको थियो ।

मंगलबारदेखि भने बाँकी सबै क्षेत्रसमेत समेट्दै मनसुन प्रणाली देशभर फैलिएको विभागले पुष्टि गरेको छ । नेपालमा सामान्यतया मनसुन जुन १३ तारिखतिर पूर्वी नाकाबाट प्रवेश गर्ने र करिब सात दिनभित्र देशभर फैलिने विभागको पुरानो अभिलेखले देखाउँछ । तर, यस वर्ष प्रवेश नै औसतभन्दा ६ दिन ढिलो भएकाले देशव्यापी विस्तार पनि अपेक्षाभन्दा केही ढिलो भएको हो ।मनसुन देशभर सक्रिय भएसँगै आगामी दिनमा अधिकांश स्थानमा वर्षाको सम्भावना बढेको छ । विभागले विशेष गरी पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षा हुन सक्ने भएकाले बाढी र पहिरो तथा तराईमा डुबानको जोखिम रहने हुँदा आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206