१५ आषाढ २०८३, सोमबार

दक्षिण अफ्रिकालाई स्तब्ध पार्दै क्यानडा विश्वकपको अन्तिम १६ मा

Logo
Pulse Khabar सोमबार, आषाढ १५, २०८३

काठमाडौँ:  दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ ।

अमेरिकाको लस एन्जलस रङ्गशालामा आज भएको पहिलो नकआउट खेलमा दक्षिण अफ्रिकालाई १–० गोलअन्तरले पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको हो ।क्यानडाका लागि स्टेफेन युस्टाकियोले निर्णायक गोल गरे । उनले खेलको दोस्रो हाफको अतिरिक्त समयमा गरेको गोल नै निर्णायक साबित भयो । यससँगै तेस्रोपटक विश्वकप खेलिरहेको क्यानडा पहिलोपटक अन्तिम १६ मा पुग्न सफल भएको हो । क्यानडा यसअघि समूह चरणबाटै बाहिरिएको थियो ।क्यानडा समूह ‘बी’ मा दोस्रो तथा दक्षिण अफ्रिका समूह ‘ए’ बाट उपविजेता बन्दै नकआउट चरणमा पुगेको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206