१४ आषाढ २०८३, आइतबार

विश्वकप नकआउट चरणको उद्घाटन खेलमा क्यानडाविरुद्ध दक्षिण अफ्रिका

Logo
Pulse Khabar आइतबार, आषाढ १४, २०८३

विश्वकप फुटबल २०२६ को नकआउट चरणका खेलहरु नेपाली समयअनुसार भोलि बिहानदेखि सुरु हुँदैछन् ।

आज समूह चरणको खेल सकिएसँगै नकआउट चरणमा रहने ३२ टोलीको टुङ्गो लागिसकेकाले नकआउट चरणको खेल सुरु हुन लागेको हो ।नकआउट चरणको पहिलो खेलमा भोलि बिहान पौने एक बजे दक्षिण अफ्रिका र क्यानडा खेल्दैछन् । खेल अमेरिकाको लस एन्जलस रङ्गशालामा हुनेछ । समूह चरणमा मेक्सिकोसँग २–० गोलले हारेको दक्षिण अफ्रिका दोस्रो खेलमा चेकियासँग १–१ को बराबरी खेल्नुका साथै अन्तमा दक्षिण कोरियालाई १–० गोलले हराएर नकआउटमा प्रवेश गरेको हो ।

जारी विश्वकपको सह–आयोजक क्यानडाले पहिलो खेलमा बोस्निया एन्ड हर्जगोभिनासँग एक–एक गोलको बराबरी खेल्यो । दोस्रो खेलमा कतारलाई ६–० गोलले पराजित गरेको क्यानडा अन्तिम खेलमा स्विट्जरल्यान्डसँग २–१ गोलले पराजित भएर उपविजेता हुँदै नकआउट चरणमा पुगेको हो ।भोलि मध्यरातमा खेल्ने दुवै टोलीले आ–आफ्नो देशको इतिहासमा पहिलोपटक विश्वकप नकआउट खेल खेल्दैछन् । जुन टोलीले जित्छ, उसले आफ्नो देशको इतिहासमा पहिलो विश्वकप नकआउट जित हासिल गर्नेछ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206