१४ आषाढ २०८३, आइतबार

मनसुन सक्रिय बन्दै: अबको तीन दिन यी चार प्रदेशमा भारीदेखि अति भारी वर्षाको जोखिम

Logo
Pulse Khabar आइतबार, आषाढ १४, २०८३

काठमाण्डौ :अबको तीन दिन देशका केही ठाउँमा अत्यधिक वर्षाको सम्भावना रहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले चेतावनी जारी गरेको छ ।

महाशाखाका अनुसार आज कोशी प्रदेशको पहाडी र तराई भूभागको एक/दुई ठाउँमा अत्यधिक वर्षाको सम्भावना छ ।यस्तै भोलि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको एक/दुई ठाउँमा अत्यधिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । पर्सि मंगलवार पनि कोशी, मधेश र गण्डकी प्रदेशका केही ठाउँमा अत्यधिक वर्षाको सम्भावना रहेकोले बाढी, डुबान, पहिरो लगायतका जोखिमबाट सतर्क रहन महाशाखाले अनुरोध गरेको छ ।असारको मध्य भइसक्दा पनि पर्याप्त पानी नपरेर धान रोपाइँ गर्न नसकिरहेको बेला अबका केही दिन कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका सबैजसो ठाउँमा रोपाइँका लागि आवश्यक वर्षा हुने मौसमविद्को अनुमान छ ।

मंगलवारदेखि भने पश्चिम तराईमा पनि पानी पर्ने सम्भावना छ । अहिले पूर्वबाट फैलिँदै गण्डकी र लुम्बिनी प्रदेशका केही भागमा पुगेर अडिएको मनसुन अब थप सक्रिय भएर फैलिने र अर्को हप्ता देशभर पर्याप्त वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

 

 

 

 

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206