१४ आषाढ २०८३, आइतबार

जोर्डनविरुद्ध अर्जेन्टिनाको ३–१ को जित, मेस्सीको खातामा थप एक गोल

Logo
Pulse Khabar आइतबार, आषाढ १४, २०८३

अर्जेन्टिनाले शनिबार जोर्डनविरूद्धको खेलमा ३–१ ले बिजय निकालेको छ ।

यससँगै अबको खेल अर्जेन्टिना र केप भर्डेबीच नकआउट चरणका लागि हुनेछ । खेलको सुवाती समयमा बेञ्चमा रहेका जादुयी अर्जेन्टिनी फुटबल खेलाडी लियोनेल मेस्सीले जोर्डनविरूद्ध गरेको गोलसँगै उहाँ यस विश्वकपमा अहिलेसम्म सबैभन्दा बढी गोल हान्ने व्यक्ति बन्नुभएको छ । उत्तर अमेरिकामा चलिरहेको यो विश्वकपको अन्तिम ३२ मा प्रवेश गर्दा मेस्सी अझै पनि गोलकर्ताहरूको शीर्ष स्थानमा छन्।अर्जेन्टिनाले समूह जे मा पूर्ण ९(नौ ) अंक जोडेर शीर्ष स्थान हासिल गरेको छ। यसअघि उनीहरूले अल्जेरियालाई ३–० र अस्ट्रियालाई २–० ले हराएका थिए, जसमा सबै गोल मेस्सीले गर्नुभएको थियो । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाका ३९(उनन्चालिस ) वर्षीय मेस्सीको टोली कमजोर समूहमा भए पनि निकै बलियो देखिएको छ ।धेरै खेलाडी फेरबदल गरिएको अर्जेन्टिनाले पहिलो हाफमा जोभानी लो सेल्सोको फ्री–किक र लाउतारो मार्टिनेजको पेनाल्टीबाट गोल गरेको थियो।दोस्रो हाफको १० मिनेटपछि मुसा अल–तमारीले जोर्डनका लागि एक गोल फर्काउनुभएको थियो ।

जोर्डनको यो पहिलो विश्वकप यात्रा पहिल्यै सकिएको थियो।आजको खेलका लागि अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनीले नौ खेलाडी परिवर्तन गरेका थिए। अस्ट्रियाविरुद्धको जितपछि मात्र गोलकिपर इमिलियानो मार्टिनेज र फरवार्ड लाउतारो मार्टिनेजलाई टिममा राखिएको छ। जोर्डान अल्जेरिया र अस्ट्रियासँग हारेर पहिल्यै बाहिरिसकेको थियो, त्यसैले यो खेल जितेको भए पनि जोर्डनलाई अगाडि बढाउने सम्भावना थिएन । अर्जेन्टिनाको टोलीमा प्रतिस्पर्धा कडा छ र स्कालोनीले टोलीलाई फ्रान्स र सह–आयोजक मेक्सिकोसँगै ९(नौ)  अंकसहित टुर्नामेन्टमा राख्न चाहनुहुन्थ्यो । अर्जेन्टिनाले सन् १९६२(उन्नाइस सय बयसट्ठी ) को ब्राजिलपछि लगातार दुई पटक विश्वकप जित्ने पहिलो टोली बन्ने लक्ष्यका साथ केप भर्डेविरुद्धको खेलअघि ‘सरप्राइज प्याकेज’ दिन चाहन्थ्यो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206