काठमाडौं :फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को विजेता बन्दै इंग्ल्यान्ड नकआउट चरणमा प्रवेश गरेको छ ।
न्यूयोर्क न्यू जर्सी रंगशालामा भएको खेलमा पानामालाई २–० ले हराउँदै इंग्ल्यान्ड समूह विजेता बनेको हो ।इंग्ल्यान्डले खेलको ६२ औं मिनेटमा पहिलो अग्रता लिएको थियो । जुड बेलिङ्घमले गोल गर्दै इंग्ल्यान्डलाई पहिलो अग्रता दिलाएका थिए । त्यसको ५ मिनेटपछि कप्तान ह्यारी केनले गोल गर्दै इंग्ल्यान्डको अग्रता दोब्बर बनाए । त्यसपछि दुवैतर्फबाट गोल हुन सकेन र इंग्ल्यान्ड विजयी भयो ।इंग्ल्यान्डले ३ खेलबाट ७ अंक जोड्दै समूह विजेता बन्यो । साेही समूहकाे अर्काे खेलमा घानाविरुद्ध क्रोएसियाले जित निकाल्याे क्रोएसियाले घानाविरुद्ध २–१ गोलअन्तरले जित निकालेको हो ।यो जितसँगै समूह ‘एल’मा क्रोएसियाले एक हार र दुई जित खेल्दै ६ अंक जोडेर उपविजेता भयो ।
