१२ आषाढ २०८३, शुक्रबार

राष्ट्रिय क्रिकेट प्रतियोगिता: फाइनल प्रवेशका लागि आज सेमिफाइनल भिडन्त हुँदै

Logo
Pulse Khabar शुक्रबार, आषाढ १२, २०८३

जनकपुरधाम: मधेस प्रदेशको राजधानी जनकपुरधाम र वीरगञ्जमा जारी निको कप महिला टि–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज सेमिफाइनलका खेल हुँदैछ ।

जनकपुरधामस्थित रामजानकी बहुउद्देश्यीय रङ्गशालामा फाइनल प्रवेशका लागि आज बिहान ९ः००(नौ) बजे हुने सेमिफाइनलमा विभागीय टिम नेपाल एपीएफ क्लब र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ । वीरगञ्जस्थित टिबी शाह क्रिकेट ग्राउण्डमा हुने दोश्रो सेमीफाइनलमा कोशी प्रदेश र बागमती प्रदेश आमुन्ने सामुन्ने हुने मधेस खेलकुद परिषद्का सदस्य सचिव शिवजीप्रसाद गुप्ताले जानकारी दिनुभयो ।

कोशी प्रदेश र लुम्बिनी प्रदेश समूह ‘ए’ को विजेता र उपविजेता भएर सेमिफाइनलमा प्रवेश गरेको हो भने नेपाल एपीएफ क्लब र बागमती प्रदेश समुह ‘बी’ को विजेता तथा उपविजेता बनेर सेमिफाइनल प्रवेश गरेको हो ।मधेस प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालय, मधेश खेलकुद परिषद् तथा नेपाल खेलकुद महासङ्घको संयोजनामा सुरु भएको प्रतियोगितामा सात वटा प्रदेश र बिभागीय टिम एपीएफ टिम गरी आठ टिमको सहभागिता छन् ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206