११ आषाढ २०८३, बिहिबार

ठूलो झट्का:फिफाद्वारा एन्फालाई निलम्बन

Logo
Pulse Khabar बिहिबार, आषाढ ११, २०८३

काठमाण्डौ : अखिल नेपाल फुटबल संघ एन्फा निलम्बनमा परेको छ ।

अनावश्यक हस्तक्षेप भएको भन्दै विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले नेपाली फुटबललाई निलम्बन गरेको हो ।फिफा काउन्सिल ब्युरोले एन्फालाई अर्को सूचना नआएसम्मका लागि निलम्बन गर्ने निर्णय गरेको छ । निलम्बन कायम रहुञ्जेल एन्फाका प्रतिनिधि टोली तथा क्लबहरू औपचारिक रूपमा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाउने छैनन् ।

यसले अरु खेलकुद गतिविधि पनि प्रभावित हुनेछन् । विश्वकप चलिरहँदा एन्फा निलम्बनमा परेको खबरले आम नेपाली फुटबल समर्थकहरू चिन्तित बनेका छन् ।एन्फा पटक–पटक विवादित र निलम्बनमा पर्दै आएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206