१० आषाढ २०८३, बुधबार

पीएल सिंह टी–२० क्रिकेटः पोखरा र वीरगञ्जको विजयी सुरुवात

Logo
Pulse Khabar बुधबार, आषाढ १०, २०८३

काठमाडौँ:  पीएल सिंह मेमोरियल टी–२० क्रिकेटमा पोखरा र वीरगञ्ज महानगरपालिका विजयी भएका छन् ।

कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा जारी प्रतियोगिताअन्तर्गत आज सम्पन्न खेलमा पोखरा र वीरगञ्ज महानगरपालिका विजयी भएका हुन् । पोखरा महानगरपालिकाले भरतपुर महानगरपालिकामाथि ६ विकेटको जित निकाल्यो । उक्त खेलमा भरतपुर महानगरपालिकाले टस जितेर पहिला ब्याटिङ गर्र्दै १८.४ ओभरमा सबै विकेट गुमाएर १२३ रन मात्र बनाउन सक्यो । भरतपुरका लागि शुभ कंसाकारले २२ बलमा ३० रनको सर्वाधिक योगदान दिए । यस्तै सूर्यान्शु कोइरालाले १७, गौतम केसीले १७ र योगेशबहादुर भाटले १७ रन जोडे । बलिङतर्फ पोखराका सुदीप अर्याल, अपराजित पौडेल, कृष्ण पौडेल र सुवास भण्डारीले दुई विकेट लिए ।एक सय २४ रनको विजयी लक्ष्य पोखरा महानगरपालिकाले १८.१ ओभरमा चार विकेट गुमाउँदै पूरा ग¥यो । पोखराको जितमा मुस्कान थापा मगरले उत्कृष्ट इनिङ खेल्दै ४६ बलमा अविजित ५१ रनको अर्धशतकीय पारी खेले । उनी खेलको ‘प्लेयर अफ दी म्याच’ घोषित भए । यसैगरी आजै भएको अर्को खेलमा वीरगञ्ज महानगरपालिकाले विराटनगर महानगरपालिकालाई ५८ रनले हरायो । वीरगञ्जले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३५ रन बनायो ।

वीरगञ्जका लागि अलराउन्डर पवन सर्राफले आक्रामक ब्याटिङ गर्दै ४४ बलमा ६३ रनको उत्कृष्ट अर्धशतकीय पारी खेले । यस्तै अनिलकुमार साहले १७ रनको योगदान दिए । बलिङतर्फ विराटनगरका लागि प्रतीक पोखरेल र दिपेश कँडेलले दुई–दुई विकेट लिए । एक सय १३६ रनको लक्ष्य पछ्याएको विराटनगरको पारी १८ ओभर खेल्दै मात्र ७७ रनमा समेटियो । विराटनगरका लागि प्रेम कामतले अविजित २३ रन र दिपेश कँडेलले १५ रन बनाए । बलिङतर्फ वीरगञ्जका विशाल पटेलले ४ ओभरमा मात्र १० रन खर्चेर ४ विकेट लिए । पवन सर्राफले ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए । ब्याटिङ र बलिङ दुवै विधामा उत्कृष्ट खेल प्रदर्शन गरेका वीरगञ्जका पवन खेलको ‘प्लेयर अफ दी म्याच’ चुनिए ।यही असार ५ गतेदेखि त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा प्रतियोगिता सञ्चालन भएको हो । काठमाडौँ महानगरपालिकाले आयोजना गरेको अन्तर महानगर टि–२० प्रतियोगिताको विजेताले रु ११ लाख र उपविजेताले रु पाँच लाख पुरस्कार प्राप्त गर्नेछ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206