१० आषाढ २०८३, बुधबार

कोसी टप्पु आसपासका जङ्गली जनावरपीडितलाई २३ लाख बढी राहत वितरण

Logo
Pulse Khabar बुधबार, आषाढ १०, २०८३

इनरुवा (सुनसरी): जङ्गली जनावरबाट पीडित यहाँस्थित नागरिकलाई रु २३ लाख १४ हजार ६०५ राहत रकम वितरण गरिएको छ ।

कोसी टप्पु वन्यजन्तु आरक्ष वरपर बस्ने स्थानीयलाई विभिन्न जङ्गली जनावारले विभिन्न प्रकारका क्षति पुर्‍याएकाले सो रकम प्रदान गरिएको हो । जङ्गली जनावरले असोज महिनामा सबैभन्दा बढी क्षति पु¥याएको आरक्षका अधिकृत अङ्कीत पौडेलले जानकारी दिनुभयो । असोज महिनामा रु १२ लाख ३८ हजार ६०५ राहत वितरण गरिएको छ । जङ्गली जनावरको आक्रमणमा समान्य घाइते भएकालाई रु आठ हजार ६०५, भण्डारण गरिएको अन्नको क्षतिबापत रु १२ हजार घरगोठको क्षतिबापत रु २६ हजार अन्नबालीको क्षतिबापत रु ११ लाख ९२(बयान्नब्बे ) हजार मानिसको मृत्युबापत वैशाखमा रु १० लाख राहत रकम वितरण गरेको हो ।

गत वैशाख महिनामा जङ्गली जनावरको आक्रमणबाट एक जनाको मृत्यु भएको र मृत्यु’बापत पीडित परिवारलाई रु १० लाख राहत रकम वितरण गरिएको थियो ।कात्तिकमा अन्न बालीको क्षतिबापत रु २४ हजार ५०० फागुनमा घरगोठ क्षतिबापत रु १४ हजार र अन्नबालीको क्षतिबापत रु ३७ हजार ५०० गरी कूल रु ५१ हजार ५०० राहत वितरण गरिएको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206