काठमाण्डौ – कोलम्बियाले आज बिहान समूह ‘के’अन्तर्गत कङ्गोलाई १–० गोलले हराउँदै एक खेल बाँकी रहँदै फिफा विश्वकपको अन्तिम ३२ मा स्थान सुरक्षित गरेको छ।कोलम्बियाका लागि निर्णायक गोल डानियल मुनोजले गरे । खेलको ७६औँ मिनेटमा जुआन क्विन्टेरोको पासमा डानियल मुनोजले गोल गरे । उक्त गोल नै निर्णायक हुँदा कोलम्बियालाई महत्त्वपूर्ण जित दिलायो ।
यो जितसँगै कोलम्बियाले दुई खेलबाट ६ अङ्क जोडेको छ । अब कोलम्बियाले समूह चरणको अन्तिम खेलमा पोर्चुगलको सामना गर्नेछन् । पोर्चुगलले यसअघि हिजो राति उज्बेकिस्तानलाई ५–० गोलले पराजित गरेको थियो । कङ्गो भने दुई खेलबाट १ अङ्कमै सीमित रह्यो ।
