काठमाडौं : क्रोएसियाले फिफा विश्वकप २०२६ पानामालाई १-० ले पराजित गरेको छ ।
समूह एलमा रहेको सन् २०१८ को विश्वकप उपविजेता क्रोएसियाको एन्टे बुडिमिरको एक मात्र गोलमा पहिलो जित निकालेकाे हाे ।क्यानडाको टोरन्टो स्टेडियममा बुधबार बिहान सम्पन्न खेलमा क्रोएसियाका बुडिमरले दोस्रो हाफमा निर्णायक गोल गरे । उनाले ५३औं मिनेटमा जोसिफ स्टानिसिकको पासमा गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए । त्यसपछि दुवैले टोलीले गोल गर्ने प्रयास गरेपनि थप गोल नहुँदा क्राेएसिया विजयी भएकाे हाे ।
