०८ आषाढ २०८३, सोमबार

लागुऔषधसहित १० जना पक्राउ

Logo
Pulse Khabar सोमबार, आषाढ ०८, २०८३

विराटनगर: कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले लागुऔषधको कारोबारमा संलग्न भएका १० जनालाई पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरीले सञ्चालन गरेको लागुऔषधविरुद्धको महाअभियानअन्तर्गत प्रदेशका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।लागुऔषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ लागुऔषध कारोबार तथा सेवनमा संलग्न व्यक्तिलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने, मनोपरामर्श एवं जनचेतना प्रदान गर्ने उद्देश्यले प्रदेश प्रहरी कार्यालय र मातहतका प्रहरी कार्यालयबाट परिचालित संयुक्त टोलीले लागुऔषध कारोबार एवं ओसारप्रसारका गतिविधिमा संलग्न भएको अभियोजनमा निजहरूलाई पक्राउ गरेको हो ।पक्राउ परेकाहरूको साथबाट सात ग्राम १०० मिलिग्राम ब्राउनसुगर, तौल गर्न बाँकी गाँजा, ५९(उनसट्ठी) क्याप्सुल र २९९( दुई सय उनानब्बे)ट्याब्लेट प्रतिबन्धित औषधि र नगद रु ६९(उनन्सत्तरी) हजार ७२० बरामद गरिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाले जानकारी दिनुभयो जाँचको क्रममा इलाका प्रहरी कार्यालय सुरुङ्गा झापाले कन्काई नगरपालिका-४ का २१ वर्षीय हेमबहादुर लिम्बूलाई ३८० मिलिग्राम ब्राउनसुगर, ट्रामाडोल ४५ क्याप्सुल, डाइसाइक्लोमाइन ४४ ट्याब्लेट, नाइट्राजेपाम १३ ट्याब्लेट तथा नगद रु ४८ हजार १५०, वडा प्रहरी कार्यालय भद्रपुर झापा र सीमा सुरक्षा गुल्म भद्रपुरको संयुक्त टोलीले पाँचथर फिदिम नगरपालिका-१ का १९(उन्नाइस ) वर्षीय नुमसिक लिम्बूलाई तीन ग्राम ५२० मिलिग्राम ब्राउनसुगरसहित, झापा भद्रपुर नगरपालिका-८ स्थितबाट मेचीनगर नगरपालिका-१३ का २३ वर्षीय आशिष गुरुङलाई एक ग्राम ब्राउनसुगर, नगद रु १९ (उन्नाइस )हजार ५०० सहित नियन्त्रणमा लिएको छ ।

यसैगरी प्रहरी चौकी कुशेचौरी मोरङले पथरीशनिश्चरे नगरपालिका-९(नौ) का २५ वर्षीय अमन लिम्बू, २१ वर्षीय सन्दिप लिम्बू, पथरीशनिश्चरे-४ का २३ वर्षीय चन्द्र राई र १७ वर्षीय विजय राईलाई एक ग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय इटहरी सुनसरीको संयुक्त प्रहरी टोलीले ट्रामाडोल १२७ ट्याब्लेट, स्पास्पेन १२७ ट्याब्लेटसहित इटहरी उपमहानगरपालिका-५ का २८ वर्षीय प्रकाश मादेन र १८ वर्षीय अनमोल सिवालाई पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र अस्थायी प्रहरी विट जोरसखुवा धरानको संयुक्त टोलीले धरान उपमहानगरपालिका-१३ का ३२ वर्षीय माकुने भत्रे राजकुमार तामाङलाई एक ग्राम २०० मिलिग्राम ब्राउनसुगर र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय महेन्द्रनगरले बराहक्षेत्र नगरपालिका-१ स्थित कोशी नदी किनारमा बाँस र ट्युबमा नौ वटा प्लास्टिकको बोरामा राखिएको १६८ किलोग्राम गाँजा फेला पारी बरामद गरेको छ । पक्राउ परेका व्यक्तिउपर सम्बन्धित प्रहरी कार्यालयबाट लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206