०८ आषाढ २०८३, सोमबार

सञ्चारमन्त्रीद्वारा रासस चितवनको आकस्मिक निरीक्षण

Logo
Pulse Khabar सोमबार, आषाढ ०८, २०८३

चितवन: सूचना तथा सञ्चारमन्त्री डा बिक्रम तिमिल्सिनाले राष्ट्रिय समाचार समिति (रासस) भरतपुरको नवनिर्मित तालिम भवनको आज निरिक्षण गर्नुभएको छ ।

नवनिर्मित भवनको सबै कक्षको निरीक्षणपछि यथासक्य छिटो सञ्चालनमा ल्याउनुपर्ने बताउँदै कर्मचारी तथा स्थानीय समाचारदाताका बारेमा जानकारी लिनुभयो ।सो अवसरमा सञ्चारमन्त्री डा तिमिल्सिनाले समाचार सेवालाई छिटो छरितो रुपमा सम्प्रेषण गर्न निर्देशन दिनुभयो । समाचार सामग्री उत्पादनमा महत्वपूर्ण भूमिका रहेको राससले सूचना प्रविधिको क्षेत्रमा द्रुत गतिमा भएको विकासलाई आत्मसात् गरी देश र जनताका पक्षमा सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो ।

सघन सहरी तथा भवन निर्माण आयोजना चितवनले रु पाँच करोड ७६ लाख ७१ हजार लागतमा निर्माण गरेको रासस भवनमा २० वटा कोठा र सभाकक्ष रहेको छ । भरतपुर महानगरपालिका वडा नं १० स्थित भरतपुरमा आफ्नै जग्गामा निर्माण भएको रासस तालिमकेन्द्र भवनमा भूमिगत पार्कीङ् समेत रहेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206