१७ बैशाख २०८२, बिहिबार

विश्वकप छनोटमा नेपालको अन्तिम खेल जित्ने दाउ

Logo
Pulse Khabar मंगलबार, जेठ २९, २०८१

फिफा विश्वकप छनोट २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोटको दोस्रो चरणमा नेपालले आज अन्तिम खेल खेल्दै छ । समूह चरणको ५ वटै खेल हारेको नेपालले आज यमनसँग अन्तिम खेल खेल्न लागेको हो ।

समूह एचमा रहेको नेपालले ५ वटै खेल हारिसकेको हुँदा छनोटबाट बाहिरिएको भएपनि आजको खेल भने प्रतिष्ठाको लागि मात्रै महत्वपूर्ण छ ।

यमनको घरेलु मैदानमा हुनुपर्ने यस खेल न्युट्रल भेन्यु साउदी अरेबियाको दम्मानस्थित प्रिन्स मोहम्मद फहद स्टेडियममा हुनेछ । खेल नेपाली समय अनुसार राति पौने १२ बजे हुने छ । छनोट चरणका कुनै पनि खेलमा नेपालले गोल समेत गर्न सकेको छैन् ।

नेपाल र यमन समानस्तरको भएपनि यसअघि नेपाल घरेलु मैदानमा खेल्दा २-० ले पराजित भएको थियो । केही दिनअघि साउदीमै भएको यूएईविरुद्धको खेलमा नेपाल ४-० ले पराजित भएको थियो ।

समूहको पहिलो खेलमा पनि नेपाल अवे मैदानमा यूएईसँग ४-० ले पराजित भएको थियो । त्यसपछि घरेलु मैदानमा यमनसँग पराजित भयो । बहराइनविरुद्ध होम एण्ड अवे दुवै खेल बहराइनमा खेलेको नेपाल क्रमश: ५- ० र ३-०ले पराजित भएको थियो ।

पाँच खेलमा कुल १८ गोल खाएको नेपालले अहिलेसम्म गोल गर्न सकेको छैन । त्यसैले यमनविरुद्ध खेल्दा नेपालको लक्ष्य गोल गर्ने र अंक जोड्नेमा हुनेछ । समूहको अन्तिम खेलमा सुखद नतिजाका ल्याउने लक्ष्यमा नेपाल छ ।

इटालियन प्रशिक्षक एनेसको लागि पनि यमनविरुद्धको खेल अन्तिम बन्न सक्छ । अखिल नेपाल फुटबल संघ एन्फासँग हालको सम्झौता अनुसार उनको कार्यकाल यही जेठ अन्तिममा सकिंदैछ ।

यमन नेपालकै स्तरको टोली भएपनि उसले पछिल्लो खेलमा बहराइनसँग पछिल्लो खेल गोलरहित बराबरी खेलेको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

आउदै छ

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

 

सम्पर्क

विराटनगर ५ कोशी प्रदेश

9842023757

Email: [email protected]

बिज्ञापनको लागी:

9862006206