०३ कार्तिक २०८३, सोमबार

विराटनगरमा ‘नगेन्द्रप्रसाद–आशलता रिजाल शिक्षा, संस्कृति तथा सामाजिक सेवा पुरस्कार’ समर्पण समारोह सम्पन्न

Logo
Pulse Khabar आइतबार, आषाढ ०७, २०८३

मोरङ: विराटनगरमा आशलता रिजाल प्रतिष्ठानद्वारा आयोजित ‘नगेन्द्रप्रसाद–आशलता रिजाल शिक्षा, संस्कृति तथा सामाजिक सेवा पुरस्कार सम्मान समर्पण समारोह’ भव्य रूपमा सम्पन्न भएको छ।

प्रतिष्ठानको आठौँ संस्करणअन्तर्गत आयोजित कार्यक्रममा शिक्षा, संस्कृति र सामाजिक सेवाको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई सम्मान गरिएको हो ।समारोहमा ‘नगेन्द्रप्रसाद–आशालता रिजाल शिक्षा, संस्कृति तथा सामाजिक सेवा पुरस्कार’ बाट पूर्वबैंकर अनिलकेशर शाह र सुनसरीको धरानस्थित पिण्डेण्श्वर संस्कृत माविलाई नगद रु एक लाखसहित सम्मान गरिएको हो । उहाँले स्व रिजालले मुलुकको शिक्षा, स्वास्थ्य धर्म संस्कृति संरक्षणमा ठूलो योगदान पुर्‍याउनु भएको स्मरण गर्दै कुशल प्रशासक एवं राष्ट्रवादी नेता भएकाले सबैले अहिले पनि सम्झने बताउनुभयो ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले देश र जनताप्रति समर्पित हुँदै मुलुकको नेतृत्व गर्ने व्यक्ति सदैव सफल हुने बताउनुभएको छ । उँहाले समारोहमा समाजमा सकारात्मक परिवर्तनका लागि नेतृत्वले पनि सकारात्मक पहल गर्नुपर्नेमा जोड दिनुभयो । मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले आगामी साउनदेखि निजी तथा सामुदायिक विद्यालयका कक्षा ९ (नौ) देखि १२ सम्म अध्ययन गर्ने किशोरकिशोरीका लागि असल र सभ्य नागरिक भई राष्ट्र सेवामा केन्द्रित हुने किसिमका कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो । प्रतिष्ठानद्वारा स्थापित पुरस्कारले कोशी प्रदेशका साथै मुलुकका अन्य क्षेत्रका प्रतिष्ठित व्यक्तित्व खोजेर सम्मान गर्दै आएकामा प्रशंसा गर्नुभयो । प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले स्व रिजालले मुलुकमा दिनुभएको शिक्षा, स्वास्थ्य एवं सामाजिक कार्यको युुवापुस्ताले सधैँ सम्झने बताउँदै उहाँको योगदानले सबैलाई प्रेरणा दिने बताउनुभयो ।

प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले स्व रिजाल समाजलाई एकताबद्ध गराई सद्भाव कायम गर्ने व्यक्तित्वका रूपमा रहनुभएको उल्लेख गर्नुभयो । सम्मानित व्यक्तित्व शाह र संस्कृत माविका संस्थापक पुरुषोत्तम भट्टराईले आफ्ना सन्तानलाई धर्म, संस्कृति र संस्कारयुक्त बनाई राष्ट्रवादी बनाउन सबै अभिभावक लाग्नुपर्नेमा जोड दिनुभयो ।प्रतिष्ठानकी अध्यक्ष इन्दिरा रिजाल, उपाध्यक्ष सुरेश शर्मा, प्रा गोपाल भण्डारी, सल्लाहकार प्रभु पराजुली, प्रा गोपाल अधिकारीलगायतले स्व रिजालले शिक्षा, स्वास्थ्य र धर्मको क्षेत्रमा पुर्‍याउनु भएको योगदानको चर्चा गर्नुभयो ।प्रतिष्ठानले विगतदेखि नै शिक्षा, संस्कृति र सामाजिक सेवाको क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वहरूको सम्मान गर्दै आएको छ। आयोजकका अनुसार आगामी दिनमा पनि समाजका प्रेरणादायी व्यक्तित्वहरूको योगदानलाई उजागर गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताईएको छ । ।

 

 

 

 

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206