०५ आषाढ २०८३, शुक्रबार

काठमाडौँमा तीन दिने राष्ट्रिय ज्योतिष सम्मेलन सुरु: दुई सय बढी ज्योतिषविद्हरूको सहभागिता

Logo
Pulse Khabar शुक्रबार, आषाढ ०५, २०८३

काठमाडौँ : काठमाडौँको ब्रह्मानन्द सरस्वती नगर, दक्षिणकालीमा ज्योतिष सम्मेलन सुरु भएको छ ।

‘ज्योतिष केवल भविष्यवाणीको माध्यम मात्र होइन, यो प्रकृति, चेतना र जीवनको सूक्ष्म विज्ञान हो’ भन्ने नाराका साथ तीन दिने सम्मेलन सुरु भएको हो । नेपाल महर्षि वैदिक फाउन्डेसनको आयोजनामा नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति, दक्षिण एसियाली ज्योतिष महासङ्घ, नेपाल ज्योतिष परिषद्समेत सह–आयोजक भएर आजदेखि सम्मेलन सुरु गरिएको हो । सम्मेलनमा करिब २०० जना ज्योतिषविद्हरुको सहभागिता रहेको छ ।सम्मेलनमा देशभरका ज्योतिषविद्, वैदिक विद्वान्, अनुसन्धानकर्ता, शिक्षाविद् तथा आध्यात्मिक साधकहरूको उत्साहपूर्ण सहभागिता छ । वैदिक ज्योतिषको वैज्ञानिक आधार, वर्तमान समाजमा यसको उपयोगिता, अनुसन्धानका सम्भावना तथा ऋषि परम्परागत ज्ञानको संरक्षण र प्रवर्द्धनका विषयमा गहन विचार–विमर्श, ज्ञान, अनुभव र अनुसन्धानको साझा मञ्च बनेको सम्मेलनले वैदिक ज्योतिषको समृद्ध परम्परालाई अझ सुदृढ बनाउँदै समाजमा सकारात्मक दिशा प्रदान गर्ने विश्वास गरिएको छ ।

कार्यक्रमको शुभारम्भ गर्नुहुँदै फाउन्डेसनका अध्यक्ष एवं पूर्वगृह राज्यमन्त्री दीपकप्रकाश बास्कोटाले ज्योतिष क्षेत्रलाई थप अध्ययन, अनुसन्धान र समृद्ध बनाउन तीन दिने सम्मेलनले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । सम्मेलनका क्रममा ज्योतिषीहरुलाई भावातीत ध्यान सिकाएर साधनाका साथ राम्रो फलादेश गर्न योग्य बनाउने लक्ष्य राखिइएको जनाइएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206