०५ आषाढ २०८३, शुक्रबार

ऐतिहासिक सफलता: दक्षिण कोरियालाई स्तब्ध पार्दै मेक्सिको नकआउट चरणमा प्रवेश

Logo
Pulse Khabar शुक्रबार, आषाढ ०५, २०८३

काठमाण्डौ : फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’ मा घरेलु टोली मेक्सिकोले लगातार दोस्रो जित निकाल्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ।

आज बिहान सम्पन्न खेलमा मेक्सिकोले दक्षिण कोरियालाई १-० गोल अन्तरले पराजित गर्दै अन्तिम १६ मा पुग्ने पहिलो टोली बनेको हो ।खेलको ५०औँ मिनेटमा मिडफिल्डर लुइस रोमोले गरेको गोल नै निर्णायक बन्यो । दक्षिण कोरियाका गोलरक्षक किम सिउङग्युले नियन्त्रण गर्न नसकेको बल रोमोले खाली पोस्टमा सहज गोल गरेका थिए।दक्षिण कोरियाले खेलमा फर्किने प्रयास गरे पनि अन्तिम समयमा गोलरक्षक राउल राङ्गेल ले उत्कृष्ट बचाउ गर्दै टोलीको अग्रता जोगाए। कप्तान सोन ह्युङ–मिन को पहिलो हाफको प्रयास भने अफसाइडका कारण गोलमा परिणत हुन सकेन।

यस जितसँगै मेक्सिको समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ। मेक्सिकोले अब समूह चरणको अन्तिम खेलमा चेक गणतन्त्रसँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै यसअघिका खेलमा क्यानडाले कतारलाई ६–० गोल । स्विट्जरल्यान्डले बोस्निया एन्ड हर्जगोभिनालाई ४–१ गोल अन्तरले पराजित गरेको छ । चेक गणतन्त्र र दक्षिण अफ्रिकाले १–१ को बराबरी खेल्दै अङ्क बाँडेका छन्।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206