०५ आषाढ २०८३, शुक्रबार

सत्तरी हजार गाईभैँसीलाई खोरेतविरुद्धको खोप लगाइँदै

Logo
Pulse Khabar शुक्रबार, आषाढ ०५, २०८३

चितवन: यहाँका किसानले पालेका ७० हजार पशुचौपायालाई खोरेतविरुद्धको खोप लगाइएको छ ।

चालु आर्थिक वर्षको हालसम्म घरपालुवा पशुचौपायालाई खोरेतको समस्या आउन नदिन खोप लगाइएको हो ।पशु सेवा कार्यालय चितवनका प्रमुख डा प्रभात न्यौपानेका अनुसार जिल्लामा एक लाख गाईभैँसी पालिएका छन् । कतिपय किसानले आफैँले खोरेतविरुद्धको खोप लगाउने गरेका बताउँदै कार्यालयले पालिकामा रहेका पशुसेवा कार्यालयमार्फत पनि खोप लगाएको उहाँले उल्लेख गर्नुभयो ।“भाइरसका कारण यो रोग सर्ने गर्दछ । यस रोग लागेका गाईभैँसीमा दुईदेखि तीन दिन १०४ डिग्री ज्वरो आउने, जिब्रोको छाला जाने, गर्भवती भए गर्भ तुहिने, दूध उत्पादन घटाउने, खुट्टामा घाउ हुने, दाना पानी नखानेजस्ता लक्षण देखिन्छ । यो रोग बढी सङ्ख्यामा गाईभैँसी र बुङ्गुरमा देखिने भएकाले किसानले पनि सर्तकता अपनाउनु पर्दछ”, पशु सेवा कार्यालयका प्रमुख डा न्यौपानेले भन्नुभयो ।

जिल्लाका पशु चौपायालाई खोरेतविरुद्धको खोप लगाएपछि सुरक्षित हुने भए पनि बाहिरबाट खरिद गरेर ल्याइएका पशुमा यो रोग देखिने गरेको उहाँले बताउनुभयो । बाहिरबाट खरिद गरेर ल्याइएका पशुलाई २१ दिनसम्म क्वारेन्टाइनमा राखेर मात्र आफ्नो बथानमा मिसाउन उहाँले आग्रह गर्नुभयो । डा न्यौपानेले भन्नुभयो, “सङ्क्रमण देखिएका पशुलाई छुट्टै राखेर उपचार गर्नुपर्छ ।” जङ्गली जनावारबाट पनि सर्नसक्ने भएकाले चरनका लागि लैजाने गाईभैँसीमा बढी यसको सङ्क्रमण देखिने उहाँले बताउनुभयो । हरेक फार्ममा जैविक सुरक्षाको विधि अपनाएर वर्षमा दुई पटक खोरेतविरुद्धको खोप लगाउन कार्यालयले पशुपालन गर्ने किसानलाई आग्रह गरेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206