२० मंसिर २०८२, शनिबार

घरेलु टोली वेष्टइन्डिजको विजयी सुरुवात

Logo
Pulse Khabar सोमबार, जेठ २१, २०८१

विराटनगर । घरेलु टोली वेष्टइन्डिजले आईसीसी टी २० विश्वकप २०२४ मा पपुवा न्युगिनीमाथि ५ विकेटले जितेको छ ।

१३७ रनको सामान्य लक्ष्य पछ्याएको वेष्टइन्डिजले १९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो । रोश्टन चेशले २७ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४२ रनको अविजित इनिङ खेले ।

पपुवा न्युगिनीका असाद भालाले ४ ओभरमा १ मेडनसहित २८ रन खर्चेर २ विकेट लिए । एली नओ, चाद सोपर, जोन कारिकोले एकरएक विकेट लिए ।

त्यसअघि प्रोभिडेन्स रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनीले २० ओभरमा ८ विकेट गुमाउँदै १३६ रन बनाएको थियो ।

सेसे बाउले ४३ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ५० रनको अर्धशतकीय इनिङ खेले । वेष्टइन्डिजका आन्द्रे रसेल र अल्जारी जोशेफले २र२ विकेट लिए । अकिल हुसेन, रोमारियो शेफर्ड र गुडाकेश मोतीले एक एक विकेट लिए ।

समूह सी मा वेष्टइन्डिज, पपुवा न्युगिनी, अफगानिस्तान, न्युजिल्यान्ड र युगान्डा छन् ।
नेपालले भने ४ जुनमा नेदरल्यान्ड्ससँग खेल्दै सुरुआत गर्नेछ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206