०४ आषाढ २०८३, बिहिबार

उत्पादनमा जोड: भैँसी र बाख्रा पाल्ने किसानलाई ५० हजारसम्म अनुदान

Logo
Pulse Khabar बिहिबार, आषाढ ०४, २०८३

गोदावरी : कैलालीको चुरे गाउँपालिकाले व्यावसायिक रूपमा भैँसी पाल्ने किसानलाई रु ५० हजार अनुदान दिएको छ ।

किसानलाई व्यावसायिक बनाउन तथा दुग्धजन्य पदार्थको उत्पादनमा वृद्धि गरी गाउँपालिकालाई आत्मनिर्भर बनाउने उद्देश्यले प्रतिभैँसी रु ५० हजारका दरले अनुदान दिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले चालु आवको वार्षिक स्वीकृत कार्यक्रमअनुसार गाउँपालिकाका छवटै वडामा फर्म दर्तागरी भैँसीपालन गर्दै आउनुभएका १० जना किसानलाई प्रतिभैँसी रु ५० हजारका दरले अनुदान प्रदान गरिएको पशु शाखा प्रमुख धर्मराज भट्टले बताउनुभयो ।यसैगरी, गाउँपालिकाले व्यावसायिक रूपमा बाख्रा पाल्दैआएका किसानलाई अनुदान दिएको छ । चालु आर्थिक वर्षमा बाख्रापालक किसानलाई अनुदानका लागि रु चार लाख र भैँसीका लागि रु पाँच लाख बजेट विनियोजन गरेको थियो ।

भँसी प्रवद्र्धनका लागि व्यावसायिक फर्मको हकमा दुईवटा माउ भँैसी समूहकोे हकमा कम्तीमा ३० वटा हुनुपर्ने, बाख्रा प्रवद्र्धन कार्यक्रमका लागि फर्मको हकमा कम्तीमा ३० वटा र समूहका हकमा कम्तीमा २०० वटा माउ हुनुपर्ने प्रावधान रहेको शाखा प्रमुख भट्टले बताउनुभयो । यसैगरी, चुरे गाउँपालिका–६ ले वडाभित्रका १० जना एकल महिलालाई बाख्रा वितरण गरेको छ । विपन्न, असहाय महिलाको आयआर्जनमा सहजता होस् भन्ने उद्देश्यले रु एक लाखको बजेटमा १० जना एकल महिलालाई बाख्रा वितरण गरिएको वडाध्यक्ष प्रेमबहादुर साउदले जानकारी दिनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206