०५ आषाढ २०८३, शुक्रबार

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३-१ ले पराजित

Logo
Pulse Khabar बुधबार, आषाढ ०३, २०८३

काठमाडौँ:  फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज सम्पन्न समूह ‘आई’को खेलमा फ्रान्सले सेनेगलाई ३–१ गोल अन्तरले पराजित गरेको छ ।

अमेरिकाको न्यूयोर्कस्थित न्यू जर्सी रङ्गशालामा भएको खेल पहिलो हाफ बराबरीमा टुङ्गिए पनि दोस्रो हाफमा भने दुवैतर्फबाट कूल चार गोल भए । खेलको ६६औँ मिनेटमा फ्रान्सका लागि किलियन एम्बाप्पेले गोल गर्दै टोलीलाई अग्रता दिलाए भने खेलको ८२औँ मिनेटमा ब्राड्ली बारकोलाले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए । दोस्रो हाफको अतिरिक्त समयमा सेनेगलका लागि सान्त्वना गोल इब्राहिम एम्बायेले गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । यद्यपि त्यसको अर्को मिनेटमा फ्रान्सका लागि एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै खेल ३–१ मा पुर्‍याए  ।

समूह ‘आई’ अन्तर्गत आजै नर्वे र इराक (नेपाली समय ३ः४५ बजे) भिड्दैछन् । साथै समूह ‘जे’अन्तर्गत अर्जेन्टिना र अल्जेरिया (नेपाली समय ६ः४५) तथा अष्ट्रिया र जोर्डन (नेपाली समय ९ः४५) भिड्दैछन् ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206