०२ आषाढ २०८३, मंगलबार

एक वर्ष लाग्ने नतिजामा सुधार : कृषि विश्वविद्यालयद्वारा दुई महिनाभित्र परीक्षाफल प्रकाशित हुनेगरी काम सुरु

Logo
Pulse Khabar मंगलबार, आषाढ ०२, २०८३

चितवन: चितवन जिल्लास्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयले परीक्षा प्रणालीलाई छिटो छरितो बनाउन सुरु गरेको छ ।

विश्वविद्यालयका आठ आङ्गिक र आठ सम्बन्धन प्राप्त कलेज छन् । सबैभन्दा बढी कृषिका विद्यार्थी अध्ययनरत छन् । एउटै सङ्कायको नतिजा आउन वर्ष दिनसम्म लाग्ने गरेकामा अहिले दुई महिनाभित्रमा नतिजा आउनेगरी काम सुरु गरिएको छ । विश्वविद्यालयका परीक्षा नियन्त्रक प्रा डा मनोज शाहले एकै समयमा परीक्षा सम्पन्न भएका परीक्षार्थीको नतिजा एकैपटक हुनेगरी काम भइरहेको बताउनुभयो ।विश्वविद्यालयमा कृषि सङ्काय, पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान सङ्काय र वन विज्ञान सङ्काय स्नातक, स्नातकोत्तर र विद्यावारिधि पढाइ हुँदै आएको छ ।

विश्वविद्यालयका रजिष्ट्रार प्रा डा सुविर सिंहले थोरै विद्यार्थी भएकाहरूको सेमेष्टरको नतिजा एक महिनाभित्रमा र धेरै विद्यार्थी भएका सङ्कायको दुई महिनाभित्रमा नतिजा प्रकाशन गर्न सुरु गरिएको जानकारी दिनुभयो ।उहाँले भन्नुभयो, “थोरै विद्यार्थी भएका स्नातकोत्तर र विध्यावारिधिको परीक्षा सकिएको एक हप्तामा नै नतिजा दिन थालिएको छ ।”गत वैशाख ३० गते उपकुलपतिमा नियुक्त हुनुभएका प्रा डा होमबाहादुर बस्नेत एक महिनामा नै नतिजा आउनेगरी काम भइरहेको बताउनुहुन्छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206