०२ आषाढ २०८३, मंगलबार

विश्वकप फुटबलः स्पेन र केप भर्डेलबीचको खेल बराबरी

Logo
Pulse Khabar मंगलबार, आषाढ ०२, २०८३

काठमाडौँ: फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत सोमबार भएको विश्वकप विजेता स्पेन र अफ्रिकन राष्ट्र केप भर्डेलबीचको खेल बराबरीमा टुङ्गिएको छ ।

अमेरिकाको एटलान्टास्थित एट्लान्टा रङ्गशालामा सम्पन्न खेलको निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेल गोलरहित बराबरीमा टुङ्गिएको हो । सन् २०१० को विश्वकप विजेता स्पेनले विश्वकपमा नवप्रवेशी टोली केप भर्डेलससँग निकै दबाबमा खेले पनि गोल गर्न भने सकेन । यस बराबरी खेलसँगै विश्वकपको समूह ‘एच’मा रहेका दुवै टोलीले समान एक÷एक अङ्क जोडेका छन् ।

समूह ‘एच’अन्तर्गत आजै साउदी अरेबिया र उरुग्वेवीच प्रतिस्पर्धा हुँदैछ । उक्त खेल नेपाली समयअनुसार बिहान ३ः४५ बजे हुनेछ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206