०१ आषाढ २०८३, सोमबार

बर्डफ्लु पुष्टि भएका सात लाख पन्छी नष्ट, पीडित किसानले क्षतिपूर्ति पाउने

Logo
Pulse Khabar सोमबार, आषाढ ०१, २०८३

काठमाण्डौ : पशुसेवा विभागले काठमाण्डौ उपत्यकालगायत बर्डफ्लु पुष्टि भएका १० जिल्लामा करिब सात लाख पन्छी नष्ट गरेको जनाएको छ ।

विभागका अनुसार प्रभावित क्षेत्रमा रोग नियन्त्रण गर्न पन्छीसहित करिब तीन लाख किलो दाना नष्ट गरिएको हो ।काठमाण्डौ, ललितपुर, भक्तपुर, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा देखिएको रोगलाई अन्यत्र फैलिन नदिन सम्बन्धित जिल्लामा ‘र्‍यापिड रेस्पोन्स टिम’ परिचालन गरिएको विभागका महानिर्देशक डा उमेश दाहालले जानकारी दिनुभयो ।बर्डफ्लुको खोप विकास नभएकाले सङ्क्रमण देखिनासाथ पन्छी तथा पन्छीजन्य उत्पादन नष्ट गरिएको हो । करिब ११ लाख अण्डा नष्ट गरिएको छ ।

सम्बन्धित किसानलाई नष्ट गरिएका पन्छीको नोक्सानीको मूल्याङ्कन गरी क्षतिपूर्ति उपलब्ध गराइने विभागले जनाएको छ । प्रभावित क्षेत्रका जिल्ला प्रशासन कार्यालयमार्फत किसानको नोक्सानीको मूल्याङ्कन गरी विवरण तयार गरी विभागमा विवरण पठाइने छ । त्यसका आधारमा विभागले सम्बन्धित प्रदेश सरकारसँग समन्वय गरी क्षतिपूर्ति उपलब्ध गराउने तयारी गरेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206