३१ जेठ २०८३, आइतबार

विश्वकप फुटबल: ब्राजिल र मोरक्को तथा स्विट्जरल्यान्ड र कतारबीचका दुवै खेल बराबरीमा सकिए

Logo
Pulse Khabar आइतबार, जेठ ३१, २०८३

काठमाण्डौ:फिफा विश्वकप फुटबलमा ब्राजिल र मोरक्कोबीचको खेल बराबरी भएको छ ।

न्यूयोर्कको मेटलाइफ रङ्गशालामा आज बिहान ब्राजिल र मोरोक्कोले १-१ गोलको बराबरी खेलेका हुन् । खेलको २१औँ मिनेटमा इब्राहिम डियाजको पासलाई सदुपयोग गर्दै इस्माइल साइबारीले गोल गरेपछि मोरक्कोले अग्रता बनाएको थियो । ब्राजिलले खेलको ३२औँ मिनेटमा खेलमा पुनरागमन गर्‍यो । ब्रुनो गुइमारेसको उत्कृष्ट पासमा भिनिसियस जुनियरले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए।पहिलो हाफमै बराबरी भएको खेलमा दोस्रो हाफमा दुवै टोलीले जित निकाल्ने प्रयास गरे पनि थप गोल निस्कन सकेनन् । यसअघि आज बिहान भएको अर्को खेलमा स्विट्जरल्यान्ड र कतारले बराबरी खेल्दै अङ्क बाँडेका छन् । सान फ्रान्सिस्को रङ्गशालामा सम्पन्न खेलमा स्विट्जरल्यान्ड र कतारले १–१ गोलको बराबरी खेलेका हुन् ।

खेलको १७औँ मिनेटमा ब्रेल एम्बोलोले पेनाल्टीमार्फत गोल गर्दै स्विट्जरल्यान्डलाई अग्रता दिलाएका थिए । तर खेलको इन्जुरी समयको चौथो मिनेटमा बोउलेम खोउखीले गोल गर्दै खेल बराबरी बनाए । उनको गोलले कतारलाई हारबाट जोगाउनुका साथै विश्वकप इतिहासमा पहिलो अङ्क दिलायो । अर्को खेलमा अहिले बिहान पौने ७ बजे हाइटी र स्कटल्याण्डले खेल्दैछन् ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206