३० जेठ २०८३, शनिबार

भारतीय पर्यटक बढेपछि पोखराका व्यवसायी उत्साहित, होटलहरूमा अग्रिम बुकिङ तीब्र

Logo
Pulse Khabar शनिबार, जेठ ३०, २०८३

काठमाण्डौ : भारतीय पर्यटकको आगमनसँगै पर्यटकीय राजधानी पोखरा यतिबेला भरिभराउ बनेको छ । लेकसाइड क्षेत्रमा पर्यटकको चहलपहल बढ्दा डुङ्गा सयरदेखि ट्रेकिङ गतिविधिसम्म चलायमान बनेको छ ।फेवातालमा एकै दिन ५ हजारभन्दा धेरै पर्यटकले डुङ्गा सयर गरेको डुङ्गा व्यवसायीले बताएका छन् । त्यस्तै, अन्नपूर्ण क्षेत्रलगायत आसपासका पदमार्गमा पनि भारतीय पर्यटकको उल्लेख्य उपस्थिति देखिएको छ । पर्यटकको बढ्दो चापसँगै पोखराका धेरैजसो होटल भरिभराउ भएका छन् । पर्यटकले होटल भरिएपछि व्यवसायीहरू खुशी छन् । ‘अफसिजन’ मानिने यो बेला पनि पोखरामा भारतीय पर्यटकको संख्या बढेको ट्रेकिङ एजेन्सी एशोसिएशन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताउनुभयो ।यसलाई नेपालको पर्यटन क्षेत्रका लागि सुखद र सकारात्मक संकेतका रुपमा लिन सकिने उहाँ बताउनुहुन्छ ।

होटल संघ पोखराका अध्यक्ष लक्षुमण सुवेदीकाअनुसार विगत ३२ वर्षकै इतिहासमा यस वर्ष सबैभन्दा धेरै भारतीय पर्यटक नेपाल भित्रिएका छन् । वैशाख नयाँ वर्षयता बढेको पर्यटकको चाप जेठको अन्तिमसम्म पनि निरन्तर रहेको छ । पोखरा मात्र नभई गण्डकी प्रदेशका अन्य धार्मिक तथा पर्यटकीय स्थल मुक्तिनाथ र विभिन्न पदयात्रा मार्गहरूमा समेत भारतीय पर्यटकको संख्या उत्साहजनक देखिएको छ । भारतमा बढ्दो गर्मी छल्न र बिदाको सदुपयोग गर्नका लागि भारतीय नागरिकले नेपाललाई उपयुक्त र उत्कृष्ट गन्तव्यका रूपमा रोजेका छन् ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206