२९ जेठ २०८३, शुक्रबार

महिला बास्केटबलको महासंग्राम: राष्ट्रिय खुला महिला बास्केटबल असार पहिलो सातादेखि

Logo
Pulse Khabar शुक्रबार, जेठ २९, २०८३

काठमाडौं :नेपाल बास्केटबल संघको आयोजनामा १० औँ राष्ट्रिय खुला महिला बास्केटबल प्रतियोगिता असार १ गतेदेखि हुने भएको छ ।

प्रतियोगितामा मोफसलका ३ सहित ८ टिमको सहभागिता रहने आयोजक संघका अध्यक्ष भीमसिंह गुरुङले पत्रकार सम्मेलनमार्फत जानकारी दिए । मोफसलबाट सहभागी हुने टिममा अन्नपूर्ण बास्केटबल एसोसिएसन, कास्की, सुनसरी बास्केटबल एसोसिएसन र लुम्बिनी प्रदेश रहेका छन् ।बाँकीमा आइएसए नेपाल, लेट्स गो बास्केटबल एकेडेमी, ट्रेनिङ ग्राउन्ड, बुढानीलकण्ठ नगरपालिका र ग्रान्डी स्टार्स छन् । मोफसलका टोलीलाई सहयोग स्वरूप ५० हजार रुपैयाँ उपलब्ध गराइने प्रतियोगिता संयोजक विकास शाहीले जानकारी दिए । विजेताले ५० हजार तथा उपविजेताले ३० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । ‘मोस्ट भेलुएबल प्लेयर’ लाई जनही १० हजार नगद पुरस्कार प्रदान गरिने छ । मोफसलका एक उदीयमान खेलाडीलाई ५ हजार नगदसहित पुरस्कृत गरिने छ ।

यसै प्रतियोगिताबाट राष्ट्रिय महिला टोलीको छनोट गरी साबा महिला च्याम्पियनसिपमा सहभागी गराइने संघले जनाएको छ । साबा २०२६ को सेप्टेम्बर /अक्टोबरमा नेपाल वा भारतमा हुने सम्भावना रहेको अध्यक्ष गुरुङले बताए ।‘साबाका आयोजनाका लागि हामीसँगै भारतले पनि दाबेदारी पेश गरेको छ । ८० प्रतिशत नेपालमा हुने सम्भावना छ, अध्यक्ष गुरुङले भने ।प्रतियोगिता सञ्चालन गर्न करिब १३ लाख ५० हजार रुपैयाँ खर्च हुने बताइएको छ । असार ६ गतेसम्म चल्ने लिग कम नकआउट प्रतियोगिताका खेलहरू कीर्तिपुर कभर्ड हलमा हुनेछ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206