२९ जेठ २०८३, शुक्रबार

विश्वकपमा क्यानडाको महापरीक्षा: बोस्नियाविरुद्ध पहिलो ऐतिहासिक जीतको खोजी

Logo
Pulse Khabar शुक्रबार, जेठ २९, २०८३

काठमाण्डाै:फिफा विश्वकप फुटबलमा आज राति सहआयोजक क्यानडाले र बोस्निया एन्ड हर्जगोभिनासँग खेल्दैछ ।

समूह ‘बी’ को यो खेल क्यानडाको टोरन्टो रङ्गशालामा नेपाली समय अनुसार राति पौने १ बजे शुरू हुनेछ । प्रतियोगितामा दुवै टोलीको यो पहिलो खेल हो । अन्तर्राष्ट्रिय फुटबल र विश्वकपमा क्यानडा र बोस्नियाको यो पहिलो भेट हुनेछ । क्यानडाले लगातार दोस्रो र समग्रमा तेस्रो पटक विश्वकप खेल्न लागेको हो । यसअघि सन् १९८६(उन्नाइस सय छयासी ) र २०२२ को विश्वकपमा सहभागी भएको क्यानडा अहिले आयोजकका रूपमा सीधै छनोट भएको हो । क्यानडाले अहिलेसम्म विश्वकपमा ६ वटा खेल खेल्दा १ खेल पनि जित्न सकेको छैन । दुवै पटक समूह चरणबाटै बाहिरिएको क्यानडाले ६ खेलमा २ गोल गरेको छ ।

यस्तै बोस्निया एन्ड हर्जगोभिनाले दोस्रो पटक विश्वकप खेल्न लागेको हो । यसअघि बोस्नियाले सन् २०१४ मा पहिलो पटक विश्वकप खेलेको थियो । त्यति बेला बोस्नियाले १ खेल जित्दै र २ खेल हार्दै समूह चरणबाटै बाहिरिएको थियो । यस पटक बोस्नियाले चार पटकको विजेता इटालीलाई पेनाल्टी शुटआउटमा हराउँदै विश्वकपमा छनोट भएको हो । फिफा विश्वकपमा भोलि बिहान आयोजक अमेरिका र पराग्वे खेल्दैछन् । यो खेल अमेरिकाको लस एन्जलस रङ्गशालामा नेपाली समय अनुसार पौने ७ बजे शुरू हुनेछ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206