२९ जेठ २०८३, शुक्रबार

नेपाल–भारत विकास सहकार्य:कालिकोटमा भारतको सहयोगमा विद्यालय भवन निर्माण गरिँदै

Logo
Pulse Khabar शुक्रबार, जेठ २९, २०८३

काठमाडौँ: भारत सरकारको सहयोगमा कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका-४ मा जनज्योति माध्यमिक विद्यालयको भवन निर्माण गरिने भएको छ ।

भारत सरकारको करिब रु नौ करोड ३० लाखको आर्थिक सहयोगमा निर्माण हुन लागेको भवनको आज शिलान्यास गरिएको हो ।उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयन कालीकोटको सान्नीत्रिवेणी गाउँपालिकामार्फत गरिने भारतीय दूतावासले जनाएको छ । यो कालीकोट जिल्लाकै पहिलो उच्च प्रभाव सामुदायिक विकास परियोजना हो ।सान्नीत्रिवेणी गाउँपालिकाका अध्यक्ष मोहनबहादुर केसीसहित अन्य सरोकार भएका निकायका प्रतिनिधिले भारत सरकारद्वारा प्रदान गरिएको विकास सहयोगको प्रशंसा गर्नुभयो । उहाँहरूले नयाँ पूर्वाधारले गाउँपालिकाभित्रका विद्यार्थी र शिक्षकहरूका लागि सिकाइ वातावरण सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले श्रव्यदृश्य (भिडियो) सन्देशमार्फत उक्त परियोजनाका सम्पूर्ण सरोकार भएकाहरूलाई शुभकामना व्यक्त गर्नुभयो । साथै उहाँले साझा विकास र समृद्धि हासिल गर्न नेपाल सरकार र नेपाली जनतासँग मिलेर काम गर्ने भारत सरकारको दृढ प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यक्रमको सुरुवात भएयता भारत सरकारद्वारा नेपालका सबै प्रदेश र ७४ वटा जिल्ला समेट्ने गरी करिब ६०० वटा परियोजनाहरू सञ्चालन गरिएका छन् । तीमध्ये १८ वटा परियोजना कर्णाली प्रदेशका विभिन्न क्षेत्रमा सञ्चालित छन् । यसका अतिरिक्त, भारत सरकारले कालीकोटमा चार एम्बुलेन्स र दुई वटा स्कुल बससहित कर्णाली प्रदेशका स्वास्थ्य तथा शिक्षा क्षेत्रमा कार्यरत विभिन्न संस्थालाई ५६ एम्बुलेन्स र १४ स्कुल बस उपहार स्वरूप प्रदान गरेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206