२८ जेठ २०८३, बिहिबार

विराटनगरमा ‘सीप उत्सव २०८३’ हुने, युवाहरूलाई रोजगारी र सीपको अवसर

Logo
Pulse Khabar बिहिबार, जेठ २८, २०८३

विराटनगर: उद्योग व्यवसाय क्षेत्रलाई आवश्यक पर्ने दक्ष जनशक्ति र बजारमा उपलब्ध मानव स्रोतबीचको सीप अन्तरलाई कम गर्ने उद्देश्यले विराटनगरमा ‘सीप उत्सव २०८३’ आयोजना हुने भएको छ ।

उद्योग संगठन मोरङको आयोजनामा आगामी जेठ ३१ गते आइतबार यो उत्सव हुन लागेको हो ।विराटनगरस्थित संगठनको सचिवालयमा हुने यस उत्सवमा अन्तर शिक्षालय सीप प्रतियोगिता, लाइभ तालिम र वृत्ति परामर्श (करियर काउन्सेलिङ) का गतिविधिहरू सञ्चालन गरिने छन् । सोही दिन प्रतियोगितामा उत्कृष्ट हुनेलाई पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीका अनुसार यो उत्सवले तालिम प्रदायक संस्था, उद्योग प्रतिष्ठान र सरकारी निकायबीच समन्वय सुदृढ बनाउन सहयोग पु¥याउने छ । ‘उत्सवमार्फत आवश्यकता अनुरूपको दक्ष जनशक्ति उत्पादन, रोजगारीको सुनिश्चितता र स्वदेशमै रोजगारीको सम्भावना रहेको सन्देश प्रवाह गर्ने हाम्रो लक्ष्य छ,’ अध्यक्ष राठीले भने । उनले सीपयुक्त जनशक्तिको माग र आपूर्तिबीच सन्तुलन कायम गर्न यो कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गरे ।उत्सवमा सूचना प्रविधि, होटेल म्यानेजमेन्ट र अटो मोबाइल विधामा सीप प्रतियोगिता हुनेछ ।

यसका साथै माटोका भाँडा वर्तन बनाउने, प्लम्बिङ, इन्डस्ट्रियल अटोमेसन, सिसिटिभी जडान, थ्रिडी प्रिन्टिङ र ‘ग्रिन स्किल’ जस्ता विधामा लाइभ तालिम सञ्चालन गरिने मानव संसाधन विकास समितिका संयोजक दीपक अग्रवालले जानकारी दिए ।कार्यक्रममा विभिन्न क्षेत्रका विद्यार्थी, उद्योगी, प्राविधिक शिक्षालयका प्रतिनिधि र सरोकारवाला संघसंस्थाहरूको सहभागिता रहने छ । सीप उत्सवले प्राविधिक शिक्षालाई उद्योगमैत्री र व्यावहारिक बनाउन तथा युवाहरूलाई व्यावसायिक सीपप्रति आकर्षित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा संगठनले लिएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206